Posted by: pire March 9, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
नेपेब्रो,
कुरो तेसो पो। कि तपाईकै छद्म नाम हो कि भन्ठानेको। त्यो तपाईको साँढुभाई कि को हो? त्यो त ज्याद्रो पो छ त हौ।
राहुलब्रो,
फोरमको बारेको कुरो चाहि सहि हो। तिनिहरु किन फेरि आन्दोलन भन्दै हिड्याछन, मान्छे फेरि मर्छन। कार्यकर्ता मरेर नेतालाई त फाइदै हुन्छ, तर त्यो राम्रो राजनीति हैन। अब चुनाबाँ गएर जितेर सरकार बनाएर सिटौलालाई पाता कसेर हनुमानढोकाँ ल्याएर केरकार गरे भैगो, म नि सहमत छु। खाली बलजफ्ति रुवाबासी गर्न हुन्न। भोलि चितुनाँ गैडा मरे, बनमन्त्रीले राजिनामा दिनै पर्छ भन्लान, हुम्लाँ मान्छे भोकाए, स्वास्थ्यमन्त्रीले राजिनामा दिनपर्छ भन्लान। यसरी त सरकार चल्दैन गाँठे।
भाषाको समस्या तपाईलाई नपरेको तपाई स्मार्ट भएर हो ब्रदर। स्मार्ट मधेसीले मात्रै चान्स पाउने, अलिअलि स्मार्टले नपाउने भैराख्याछ अहिले, तेसैले 'अन्डर रिप्रीजेन्टेसन'को कुरो आइराख्या हो। ठिकै छ, हामी अङ्रेजीमा जाँच दिन्छम भने नि राम्रै हो। तेसै गरम। नेपाली सिक्न भन्दा अँग्रेजी सिक्न सजिलो छैन। अनि भोलि फेरि कैलाली , रोल्पा तिर मधेसीलाई सिडियो बनाएर पठाउदा सोमले नेपाली नजानेर त भएन नि। त्यसैले नेपाली सिक्न चाहिँ पर्छ, निजामति कर्मचारीले जस्तो लाग्छ।
नेपे बिरादरले भन्या जस्तै माग्नै परेपछि थला परेर बेडाँ ढलिरा'को बुढो गिर्जाकै राजिनामा माग्या भए हुन्थ्यो। हैन भने भोलि झापा बाट जमानत जफत गराइदिएर लाजमर्नु पारेनि भैगो। मलाई त यो मधेसी नेताहरु आफ्नो मधेसाँ पपुलर छ जस्तो लाग्दैन।
अब हाम्रो देशाँ एउटा युनिअनिस्ट पार्टी चाहियो, सबै देश एउटै हो, सबैलाई आआफ्नो धर्म, रितिरिवाज मान्न सबै स्वतन्त्रता, तर सबै हामी पहिला नेपाली अनि बल्ल बाहुन, छेत्री, नेवार, मधेसि, सेक्सि, ह्यान्डसम, अपराधी, बाँगे, सिधा, लामघारे, बामपुड्के आदि। हाम्रो देशाँ यो जनजाति, मधेसीले भन्दा तेस्तो पार्टीले जित्छ। इथ्निक (जातिय) र लिङ्गुइस्टिक (भाषिय) एक रुप भएको देश हुदैमा झगडा नहुने र राम्रो हुनेभए संसारको सबभन्दा जातिय र भाषिय देश नर्थ कोरिया हो (९९% कोरियन), त्यसको बिजोग देखिएकै छ। प्रजातन्त्र र खुलापनले मात्र देश अघि बढाउँछ, यो संकीर्ण सोचाइले हैन। पढेका, टाठाबाठालाई अघि बढाऔँ, अरु कुरो देखा जायेगा।
जय शंभो, भोले बाब, माथी लेख्दा मैले कुनै गल्ती गरेको भए माफ पाउँ, म अजान, अज्ञानि छु प्रभु:) ('माई टु सेन्ट्स'को नेपाली उल्था)।