Posted by: Rahuldai March 9, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
नानु जी, यहाँ फेरी राज नीतिको कुरा गर्‍यो भनेर, जिम्माल बा पड्केला नि । फेरी राज नीती भने पछि चुप लाग्न नसक्ने बानी छ मेरो । मैले नेपाल छोडेको अगस्ट मा हो । त्यतिबेला हाम्रो अफिस् मा काम भन्दा बढी गफ हुने गर्थ्यो । केही ले कार्तिक मै चुनाव हुन्छ भन्थ्यो, केही ले १ बर्ष मा । मेरो अन्दाज त ३ बर्ष लाग्छ भन्ने थियो । ती बन्दूक बोकेका औंठा छाप हरु लाई ठीक ठाउँमा ल्याउन नै २ बर्ष लाग्छ, अनि एन कानून बनाउनु पर्‍यो, निर्वाचन को तयारी गर्नु पर्‍यो । निर्वाचन को स्वरुप तयार गर्नु पर्‍यो ।आदी आदी काम ले गर्दा ३ बर्ष अगाडी चुनाव हुन सक्दैन भन्ने थियो र अहिले पनि त्यही कुरा मा अडिक छु । फेरि अर्को कुरा, त्यो ज्ञाने ले त्यसै कुर्सि छोड्ला र? कसरि बिश्वास् गर्ने? २३८ बर्ष को बिर्ता त्यती सजिलो सँग छोड्दैन , हेर्दै जानुस्, आज जे जती तान्डब नृत्य देखि रहनु भएको छ नि त्यो त ट्रेलर मात्र हो, पूरा नाट्क त हेर्न नै बाकी छ । अहिले नै कू होला जस्तो चाँही लाग्दैन । तर देश लाई यती धेरै अस्थिर र आतंकित बनाउने छन । नेपाली जनता को छिटो भुल्ने आदत छ, अनि फेरी राजा नै ठीक भन्ने हुँइया फैलाउने छन र त्यतिबेला पनि चुनाव भएन भने कू हुन निश्चित छ । त्यतिबेला, गिरिजा रहला न रहला, अरुको हिम्मत छैन, एक्लाई स८सद पुनर्स्थापना को राग अलाप्न लाई । त्यसैले समय मा चुनाव गराउनु नै ठुलो काम् हुने छ, गिरिजा सलामत् हुनु प्रदछ भन्ने जिकिर् यस्को लागि हो। फेरी प्रचण्डे का सन्तान हरु ले चुनाव हुन दिने हो कि हैनन । हतियार बेस्सारी लुकाएका छन । हतियार बिना को चुनाव भनेको माओवादी को नाङो रुप देखिने जात्रा हो । यस्तो अभिगत हुन्छ तिनको प्रचण्डे बाउ ले पनि न सोचे जस्तो हुन्छ । गाउँ भरि निर्दोष को रगत आलो नै छ । घर खेत कब्जा मा छ । तिनको आत्मले भोट देला र? हेर्दै जाम्, राम्रो कामना गरम । मेरो पी एच डी सक्याएर भोट हाल्न जाम भन्ने थ्यो तर त्यती बेला सम्म धेरै ढिला भाई सक्छ । आउंदो जेष्ठ्मा त सम्भव देख्दिन, कार्तिक सम्म्, गिरिजा, सात दल अनि बिश्वास जिउंदो रहे अबश्य चुनाव हुन्छ । अस्तु!
Read Full Discussion Thread for this article