Posted by: miss_ me March 8, 2007
Login in to Rate this Post:
0
?
धेरै दिन पछि एउटा गनथन पस्कन मनलायो । हुनत मैले अन्त कतै बाट सुटुक्क टिपेर ल्याएकिम :)
संकल्प
बोलि रोक्न सक्दिन म गर्नै परोस बरु प्रतिकार
बाटो मोड्न जान्दिन म लडेरै होस बरु प्रतिहार
स्विकार्न सक्दिन भिख म रगत झर्नै परोस बरु
एक छाक गाँसमा स्वाभिमानमा मर्नै परोस बरु
जित-हारनै प्रतियोगिता हो म एक प्रति-योगी हु
हरेक मोडहरुमा झुध्ने म अकाट्य सह-यात्री हु
मेटाउन नखोज है ज्वाला म अदम्य नव-क्रान्ति हु
ज्वारलाइ चुनौति दिने पूर्णीमाको टलक-कान्ति हु
हत्केला- रेखाहरुमा म जिवनलक्ष देख्दै देख्दिन
औंल्याएको बिन्दुमा म जिवनलक्ष मेट्नै सक्दिन
भाग्यले निर्देशित हुने म जिवन जिउनै मान्दिन
जे लेख्छु पाइलामा दृढ छु म रुक्न जान्दै जान्दिन