Posted by: vivasg March 8, 2007
Login in to Rate this Post:
0
?
धन्यवाद हेत्तेरिका जी, नयाँ चौतारीको लागि ! माफ गर्नु होला है अघिल्लो भागमा राखेको टुक्रा यता फेरी हाले है । तर नरिसाउन होला है आफ्नै प्रचार गर्यो भिबे ले भनेर । लौ त शुरु गरौ अब नयाँ चौतारीमा कचाहरि बस्नलाइ !!!
नमस्कार ! साझाका चौतारीका सबै मेरा आफ्न्त हरुलाइ । लौ है राहुल दाजुको चिलिम अनि विवश को प्याला मिसाउनए हो कि त यो छोटो snacks मान्दै ,,,,
रमाउने के छ र साधन यहाँ यो मनलाइ
समाउने को छ र ज्यान अनि यता-उताको तनलाइ,
मान्छन ठुलो अजम्ब रि सबैले खाली धनलाइ
तर कस्ले सक्एको छ र मरेपछि त्यो सँगइ लानलाइ ।
बरु आउनुहोस् उकासौ चौतारी लाइ अझ माथि
अरु को छ र हामी नै त हौ नि सारा साथी
पुकारौ रमाइलो गर्न यताका राहुला दाइलाइ
फोन गरेर बोलाउ उताका नेपाली दाजु - भाइलाई
सह रा त्यही त हो नि चौतारीमा हुक्का र चिलिम
अनि कथा दोहोरिने नेपालीको द्वन्दको फिलिम
धिक्कार छ फोहोरी राजनीति अनि बकम्फुसे झ्यालालाइ
मन बह लाउन समाउने कि त फेरी तेही प्यालालाइ ? ? ?