Posted by: Hi_nanu March 6, 2007
I LOVE THE KING, I LOVE HM KING GYANENDRA BIR BIKRAM SHAH DEV
Login in to Rate this Post:     0       ?        
हिजो एउटा तस्विर हेर्न पाइयो जहाँ प्रहरिको उपस्थितिमा एउटा हूल दन्ड सजाय तोक्दै थियो।मलाइ लाग्यो त्यो गलत थियो,मलाइ लाग्यो त्यो जङ्गल् राज् जस्तो थियो मैले बिरोध गरे।मैले कुनै राजनैतिक चस्मा लाएर बिरोध गरेको थिइन,त्यो सभ्य समाजको लागि पच्ने कुरा थिएन,त्यसैले मैले बिरोध गरेँ।म जस्तै धेरै जो यथास्थितिवादमा परिवर्तन चाहन्छन,जो लोकतन्त्रमा विस्वास गर्छन,तिनलाइ यो मन पर्ने कुरो थिएन।यो छाडातन्त्र थियो,यसले देशमा प्रहरिको मनोबल कति गिरेको छ भन्ने प्रस्ट हुन्छ। तर इ घटनाहरुलाइ देखाएर,राजा ग्यानेन्द्रको जय जयकार गर्नुको औचित्त्य चाहि म देख्दिन। किसुनजिले भने जस्तै हाम्रा राजा लोभि भए,उनैलाइ व्यापार् गर्नु पर्ने,उनैलाइ सारा देश आफ्नो नाममा पार्नु पर्ने।यदि, राजा बिरेन्द्रको मृत्यु पछि उनका नाम भएका सम्पत्ति गरिब जनता र विकाशका लागि खर्च गरेको भए आज देशले यस्तो छाडा आतन्क भोग्ने पर्ने थिएन।त्यसैले राजावादि र राजालाइ मेरो सल्लाह के छ भने। १) राजा विरेन्द्रको सम्पाति ट्रस्ट बनाइ मुक्त कमैयाको हितमा खर्च गर्ने २) राजाको व्यापारको ८०% रकम माओबादि प्रभावित् क्षत्रका जनतालाइ विदेशि रोजगारमा पठाउन खर्च गर्ने घोसणा गर्ने ३)दरवारले प्राप्त गर्ने रकमको ३०% माओबादि पिडितका परिवार्को शिक्ष्याम खर्च गर्ने। इ कामहरु गर्न चाहि लोभि हुने अनि सात दलको गल्ति देखाएर इनलाइ टुक्र्याएर फेरि पुरानै तरिकाले राज गर्ने चाहनाले चाहि दिर्घकालिन समाधान हुन सक्दैन। र राहुल दाइको भनाइमा म के मात्रै थप्न चाहन्छु भने,०१७ साल देखि ०४६ सम्म पन्चायत जोगाउन मै समय खर्च गरे राजाले अनि ०४६ देखि अहिले सम्म लोकतन्त्र जोगाउन मै खर्च गरे नेता हरुले।अलि अलि बनेका सडक,बाटा घाटा र पूर्वाधारहरु कहिले माओबादिले त कहिले खओवादिले मिलेर भत्काइ हाले।आज भोलि देशमा कसले शासन गर्या हो ठम्याउन मैले चाहि सकिन है।
Read Full Discussion Thread for this article