Posted by: Rahuldai March 6, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
मलाई पुरानो कुरा याद आयो । १९८८ तिर होला, मैले इलाहाबादमा एक जना नेपाली बयस्क भेटेको थिएं। सुर्य प्रसाद् ( बहादुर्) श्रेष्ठ, २०२८-३० साल तिर् राष्टृय योजना आयोग् का सदस्य थिए। नेपाल को यातायत् र अन्य बिकास आयोजना हेर्थे तिनी। उनी सँग भलाकुसारि गर्न मौका पाएको थिएं। उनी भन्थे, राजा महेन्द्रले सत्ता हथ्याए पछि २०२५-२६ मा उनले जे चाहन्थ्यो, त्यो गर्न सक्ने सर्बशक्तिमान थ्यो र पनि केहि गरेन। त्यसरि नि बीरेन्द्रको शासनकाल् को सुरुवात् पनि त्यस्तै थ्यो। २०३० साल् तिर् काठ्माण्डौ लाई जोड्ने बैकल्पिक् राजमार्गको खाका तयार् गरि सकेकोथ्यो रे। तराइ र भारत् को सीमा सम्म ४-५ घण्टा मा पुगिने। तर चिन रिसाउँछ भनेर त्यो पनि सुस्रु गरेन रे। ती बाबु छोरालाई पन्चायत कसरि टिकाउने भन्ने मात्र पीर रहेछ रे । श्रेष्ठजी त्यतिबेला इलाहाबाद् बिश्वबिद्यालयमा नेपाली टाइप् को सरलीकरण् बारी प्रबचन् दिन आउनु भएकोथ्यो। सम्भवत तेतिबेला युनिकोड् को बारेमा शायद उहाँको सोच् हुनु पर्दछ।त्यतिबेला मेरो दिमागमा उहाँको कुरा त्यती साह्रो स्पष्ट सँग घुसेको थिएन । जीवन जगत बारे धेरै बुझ्न बाकी थ्यो होला । अहिले संझिदा बुढाको भनाइ ठीक साँचो हो जस्तो लाग्यो । पञ्चायत जोगाउन अनेक कसरत गरे, देश को भबिष्य बारे केही सोचेको रहेन छ ।
ठीक त्यसरि नै ज्ञाने ले पनि काम गर्ने मौका पाएका थिए, एक छत्र राज का साथ । भने जस्तो जनसक्ती पाउंथ्यो होला । तर बद्री मण्डल र गिरी जस्ता सामान्य चरित्रमा समेत दाग लागेकाहरु को लावालास्कर लिएरे पञ्चायत फर्काउने प्रयास मात्र गरे । समय र खोला फर्काएर फर्किन्न भन्ने ज्ञान चाँही ज्ञाने लाई रहेन छ । अस्तु!