Posted by: SateLite March 6, 2007
"Anshu"
Login in to Rate this Post:     0       ?        
एउटा अन्जान आक्रिति अनि.. थोरै अप्रत्यक्ष भेटहरु माइलौं टाढाबाट कोरियका तिम्रा शब्दहरु अनि "स्क्रिन"को तिम्रो शाब्दिक हाँसो.. मेरा केहि टुटेफुटेका बाक्यहरु तरपनि प्रयाप्त रहेछ यतिनै सायद मनमुटुमा डेरा जमाउन खै के हो ? किन हो ? मलाइ पनि के थाहा तरपनि ममा मिठो न्यानोपन त छायकै छ.. तिम्रै कारणले अरुले मलाइ मुर्ख ठानेछन भनेपनि.. यि पलहरुमा त खुसियालि आयकै छ नचाहँदापनि म प्रतिक्षा रोक्न सक्दिन तिम्रा शब्दहरु हेर्ने आशामा.. मष्तिष्कलाइ थाहा छ ! सायद यि सबै अर्थहिन कुरा हुन तरैपनि म त छु नि यो मनको बशमा तिमि नै भन..मनलाइ रोक्न म कहाँ सक्छु र ? सोचेजस्तो पनि सायद कहिलेकाहिं हुन्छ र ? म इश्वर भैदियको भय सायद यो समय उल्टाइदिन्थें.. तिमिलाइ अरुले लानुपुर्बनै तिम्रो आँगनमा म पुगिसक्थें तिम्रा हातहरु यो जुनिभरिको लागि समाइदिन्थें.. "Anshu is Mine'भनेर खुसिले सायद चिच्याउथें मान्छेहरु भन्थेहोलान "SateLite"बौलायो.. प्रतिउत्तरमा सायद म चुपचाप हाँसिदिन्थें.. मलाइ स्विकार्य हुन्थ्योहोला पागल भनिनुपनि.. तरपनि त्यतिबेला तिमिलाइ त म पायकै हुन्थें.. त्यो खुसि को कथा लेखिनै पायन खै !!! म पागल पनि भनिइन खै.. म बरु पागल भनिन चाहन्छु.... पागलको संज्ञा पायरै भयपनि.. म मेरि "Anshu"लाइ पाउन चाहन्छु ए "Anshu"आइदेउ न तिमि यो "SateLite"को जीवनमा म तिम्रा आँशु सधै-सधै पुछिरहन चाहन्छु.. तिम्रा हरेक शब्दहरुमा म मेरो अस्तित्व खोज्न चाहन्छु.. तिम्रै हत्केलाको आडमा म मेरो म्रितु अँगाल्न चाहन्छु !!! अनि केवल तिम्रो खुसिमा म मुस्कुराउन चाहन्छु !!! अन्तिम साससम्म केवल "Anshu" भनिरहन चाहन्छु !!! "Anshu"भनिरहन चाहन्छु !
Read Full Discussion Thread for this article