Posted by: Poonte March 5, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
विग स्विग ला'को छैन, चिल्लै ठीक छ हाम्लाई तिमी जस्तो स्वाङ्गे छैनम्, फुईं देखाउन गाम्लाई! ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको! तरुनिको खानि छ भनि, धाक देखाउने बानी लगेकै हो ढ्याब्रीलाई जबरजस्ती तानी! ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको! ढ्याब्री जस्ती लाटी हुन्नन् अरु गाम्का आईमाई ठोकी दिन्छन् तिम्रा खप्पर कतै चालै नपाई! ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको! राहुल दाजु, यता आउनुस्, एउटा कुरा सुन्नुस पुन्टे हिरो, जिम्माल जिरो, दुईमा एउटा चुन्नुस्! ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!
Read Full Discussion Thread for this article