Posted by: Dalli Resham March 4, 2007
Do you believe in prachanda?
Login in to Rate this Post:     0       ?        
नेपालको राजनीतिक आकाशमा बेलाबेला नया“ नया“ ताराहरूको जन्म भइरहन्छ । हिजोआज सुपरस्टार नेता कमरेड प्रचण्डको पालो छ । उहा“का चलचित्रहरू हाउसफुलमा चलिरहेका छन् । म पनि उहा“को प्रशंसा गरेर कहिल्यै नथाक्ने 'फ्यान' भएको छु । रेडियो, टेलिभिजन वा पत्रपत्रिकाहरू उहा“को समाचार प्रकाशन वा प्रसारण गर्न नपाए खल्लो अनुभव गर्छन् । राजनीतिक वृत्तमा ठूल्ठूला तरङ्ग उत्पन्न गर्नमा कमरेड प्रचण्ड सफल हुनुहुन्छ । मलाई त अचेल उहा“कै वरपिर िपरत्रिmमा गरौ“झै“ लागिरहन्छ । उहा“का कुरँ सुनिरहु“झै“ लाग्छ । प्रत्यक्ष भेट्न नपाए पनि म शहरमा विभिन्न कुना र भित्तामा छ्याप्छ्याप्ती टा“गिएका उहा“का जीवन्त तस् वीर हेरेर टोलाइरहने भएको छु । नया“ नेपालको सपनामा म उहा“का तस् वीरहरू झल्झली देखिरहन्छु । र् भर्खरै उहा“ले वीरगन्ज वा त्यतैकतै उद्योगी व्यापारीहरूको भेलामा नेपाल बन्द र चक्काजाम जस्ता कुराले उद्योग व्यवसायमा नराम्रो असर गर्दो रहेछ भनेर भन्नुभएको खबर मैले सुने“ । यस्तो महान् अभिव्यक्ति वास्तवमा महान् व्यक्तिबाटै आउन सक्थ्यो, आयो । सत्तामा पुगेपछि उहा“लाई यो दिव्य ज्ञान प्राप्त भयो । ज्ञान भन्ने कुरा विस्तारै नै खुल्ने कुरा हो । तपस्याबाटै ज्ञान प्राप्त हुने हो, एकवर्षो खुला राजनीतिको तपस्याबाट यो ज्ञान पलायो, हामी धन्य भयौ“ । त्यो ज्ञानभन्दा पनि भर्खरै माओवादी लडाकू र हतियारको सङ्ख्यामा तालमेल नमिलेको विषयमा कुनै मर्ूखले गरेको प्रश्नमा उहा“ले जुन ढङ्गले जवाफ दिनुभएको छ, त्यसबाट सबै नाजवाफ भएका छन् । लडाकूको सङ्ख्या ३५ हजार, हतियारको सङ्ख्या तीन हजार मात्र कसरी भयो भन्ने प्रश्नको गिनिजबुकमा समावेश गर्न लायक उहा“को जवाफ सुनौ“ जस्ताको तस्तै ः हामीले हतियार राखेका घरमा सेनाले आगो लगाइदिएर सयभन्दा बढी हातहतियार जलेर नष्ट भए । लडाकूहरू चौकी हानेर फर्किंदा ड“ुगा पल्टिएर ३० वटा हतियार खोल्सामा परेर बगे । ५० भन्दा बढी हातहतियारहरू खेलौना ठानेर केटाकेटीले खोसे । एक सय ५० जति हतियार चौरमा थुपारेर परेड खेल्न जा“दा जङ्गली जनावरहरूले लगे । झापामा गएको पहिरोमा परेर पचासौ“ हतियार बेपत्ता भए । २०६३ सालमा काठमाडा“ैमा परेको हिउ“मा थुप्रै हतियार पुरएि । पुगेन त ३५ हजार - पुगेन र †- ए अ“, नपुग हतियार जति ०४५ सालको बाढीमा परेर बगे । भयो अब --
Read Full Discussion Thread for this article