Posted by: Nepe March 2, 2007
HAPPY HOLI !!!!!!!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
Could not help making a note of this less than colorful aspect of Holi as celebrated in our parts of the world. Holi gets hijacked by hooligans for an ugly purpose for weeks. It's shameful. होलीको आचारसंहिता जितेन्द्र साह - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=102317 विपरीत लिङ्गीबीच एकअर्कालाई लोला हान्ने प्रतिस्पर्धाले फागु पूर्णिमाको आकर्षण बढाउनुको साटो घटाएको छ । समूहमा आबद्ध केटा होस् वा केटी एकले अर्काको संवेदनशील अंगमा लोला प्रहार गर्नुलाई अचुक निसाना र गर्वका रूपमा लिन्छन् । म बिहीबार बिहान कामविशेषले राजधानीको बाफलबाट सोल्टिमोड आउ“दै गर्दा गल्लीमा लुकेर बसेका एक हूल युवतीले वरिपरिबाट लोला हान्न थालेपछि निस्सासिएर भाग्न सकिन“ । उनीहरूले भुइ“मा नपछारिएसम्म धीत मरुन्जेल मलाई लोला हाने । उनीहरू भन्दै थिए- 'बडो हिरो भएर हि“ड्दो रहेछ, यी केटाहरूलाई यस्तै गर्नुपर्छ ।' म थकित शरीर लिएर नया“ बानेश्वरस्थित कोठासम्म पुगेर नुहाइ-धुवाइ गरे“ । तर आक्रोशित युवतीको जोडदार प्रहारले अझै मेरो जीउ दुखिरहेको थियो । उनीहरूले मप्रति गरेको अप्रत्याशित व्यवहार विश्लेषण गर“े । मैले महसुस गरे“- पुरुषहरूले होलीको निहु“मा लोला हानेर वर्षौंदेखि गरिरहेको अन्यायविरुद्ध उनीहरूको व्रि्रोह थियो यो । मलाई लाग्यो, यो उत्ताउलो लोला संस्कृत्रि्रतिको व्रि्रोह थियो । आक्रमणको निसानामा म परे पनि यस घटनामार्फ उनीहरूले समस्त पुरुषलाई चेतावनी दिएको महसुस गरे“ । 'खबरदार † हामी समानताको युगमा प्रवेश गरिसकेका छौं र नारी भएकै कारणले चुप लागेर बस्दैनौं,' उनीहरूको सन्देश प्रस्ट देखियो । धेरै वर्षेखि युवतीहरू होलीको आगमनस“गै पुरुषको लोलाअस्त्रबाट प्रताडित छन् । होलीको समापन नहुन्जेल उनीहरू जीउ र ज्यान जोगाउ“दै बाटामा हि“ड्नर्ुपर्छ । तर अब उनीहरू जाग्न थालेका छन् । होलीको लोकतान्त्रिक महत्त्व यही हुनर्ुपर्छ । किशोरीहरू घरको छाना, गल्ली र टोलमा पुरुषस“ग बदला लिन तयार भएर बसेका छन् । त्यसैले मेरा प्रिय बालक, किशोर र युवा पुरुष साथीहरू † हामीले मनमा आक्रमण, प्रतिआक्रमण र बदलाको भाव नराखेर होली मनाउनर्ुपर्छ । अब होलीका निश्चित आचारसंहिता तोक्नर्ुपर्छ । त्यसको कडा पालना, अनुशरण र अनुगमन हुनर्ुपर्छ । होइन भने थुप्रै सोझा पुरुष र महिला लोला एवं रङ आक्रमणको सिकार हुन सक्छन् । होलीमा घरबाट निस्कनै नसक्ने अवस्थासमेत उत्पन्न हुन सक्छ । म होलीको राजधानी मानिने मोरङको पर्ूव सदरमुकाम रंगेलीमा जन्मेको हु“ । मेरो गाउ“को नाम नै रंगोली -विभिन्न रङको मिश्रण) बाट अपभ्रंश भएर रंगेली भएको हो । त्यहा“ महिना दिनअगावै होलीको गीत, संगीत र महोत्सव सुरु हुन्छ । सडकहरू सप्तरंगी भइरहेका हुन्छन् । गाउ“मा होली व्यग्रताले प्रतीक्षा गरिन्छ । त्यसको एउटै कारण हो, होलीको आचारसहिंता । यस आचारसहिंताअर्न्तर्गत परिवारजन, आफन्तजन, नातागोता, आमन्त्रित पाहुना, परिचित मित्र र आत्मीय सम्बन्ध भएका बीचमात्र रङ साटासाट हुन्छ । सडकमा हूलले ढोलक, मादल र सारंगी लिएर होली मनाए पनि एउटा अपरिचित समूहले अर्कोलाई रङ हाल्दैन । मान, मर्यादा र उमेरमा आफूभन्दा ज्येष्ठ महिला पुरुषलाई ढोगेर निधार एवं अनुहारमा अबिर लगाउनर्ुपर्छ । विभिन्न समूहमा विभाजित महिला र पुरुषहरू चिने-जानेका व्यक्तिको घरमै गएर होली खेल्छन् । आगन्तुक, पाहुना र कामविशेषले हि“डिरहेका व्यक्तिको अनुमति लिएरमात्र रङ वा अबिर दल्न पाइन्छ । पुरुषझैं महिलाहरू पनि हूल बनाई निर्धक्क एक टोलबाट अर्को टोलमा चिने जानेका साथीकहा“ पुगी होली खेल्छन् । तर बाटामा अन्य समूह भेटे पनि कुनै प्रकारको उच्छृङ्खल गतिविधि हु“दैन । एकअर्कालाई बधाई दिएर आफ्नो बाटो लाग्छन् । घनिष्ठ पारिवारिक सम्बन्ध भएका महिला-पुरुष एकअर्कालाई रङ लगाइदिन पाउ“छन् । धार्मिक, सामाजिक र सांस्कृतिक रूपले वसन्त ऋतुको आगमनस“गै मनाइने यस पर्वलाई यिनै आचारसहिंताले महत्त्वपर्ूण्ा र रमाइलो बनाएको हो । _____________________________
Read Full Discussion Thread for this article