Posted by: Rahuldai March 2, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
धेरै बर्ष पछि खेल्दै छुं होली । पर्ब मनाउंदै सदभावको भोली। खेल्नु सम्म खेले बाह्र बर्ष रगतको होली कसरि खेल्न सक्थें म रंगाउन सेतो चोली आज बल्ल बन्द भो अगेनामा बारुद गोली मनाउंदै छुं अर्ध खुशीले यसपालीको होली। यो रंग को चाड् हो रंगिएर् मनाऔं अलिकति भाङ्गमा भंगिएर मनाऔं जस्ले हिजो पहाडि मधेसे भने पनि आपसी सदभाबमा संग्लिएर मनाऔं। धेरै बर्ष पछि खेल्दै छुं होली । पर्ब मनाउंदै सदभावको भोली। नोट्:धकेल्ने प्रयास मा टांसेको ।
Read Full Discussion Thread for this article