Posted by: gaalab March 1, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
थुली, दालु भनेको को हो? नानुलाई के हो खल्लो लागो रे। मैले अलिकति नून खुर्सानी पस्केको छु ! बैरा सम्धी (लघु-संवाद) एकजना कान नसुन्ने बुढा मान्छे रचन् रे। उनका सम्धी पनि उनी जस्तै कान नसुन्ने बैरा र'चन् रे। तर ती दुबैजना सम्धी‍-सम्धीले एक अर्कालाई कान सुन्ने मानिस भनेर सोचिराख्या रचन् रे (सायद उनीहरुको सम्बन्ध भर्खर गाँसिया' थियो होला)। एक दिन ती बुढा चौतारीमा बसिराख्या र'चन् रे। अनि टाढाबाट आफ्नो सम्धी आ'को देखेर दर्शन गरेछन् र गफ शुरु गरेछन् रे सम्धी १: (अन्जानमै हातको भाउ लगाउँदै सोधेछन्) पाउलागी सम्धीज्यू! घरतिर सबै आरामै? सम्धी २: (के भयो त्यता भनेर सोधेको जस्तो लागेछ) खै, ती नयाँघरे बुढा मरेछन्। त्यतै गएर आ'। सम्धी १: (आरामै छु भनेर उत्तर दिए त होलान् नि भन्ने अनुमान लगाएछन् यिनले चैं) ए बेशै भएछ। सम्धी २: (मान्छे मर्या भनेपछि पक्का पनि सहानुभूति त दिए होलान् नि भन्ने सोचेर) के गर्ने? (अलि अँध्यारो मुख बनाउँदै) दैवको खेला! कसले टार्न सक्ने? सम्धी १: (सम्धीको अँध्यारो मुख देखेर 'आफूलाई चैं अलि सन्चो छैन अरुलाई मात्र आराम छ' भनेका होलान् भन्ने लख काटेर) भो, धन्दा नमान्नुस् सम्धीज्यू। केही समयपछि तपाईंलाई पनि त्यस्तै हुन्छ। सम्धी २: (सहानुभूतिको कुरा त भने होलान् नि भन्दै) तपाईंले ठिकै भन्नु भो सम्धीज्यू। (हात जोडेर नमस्ते गर्दै) ल म लागें ! यति भन्दै सम्धी २ चौतारीमूनिको भीरको बाटोतिर लागे। चौतारीको पल्लो चाहिं पेटीमा बसेर कुरा सुनिरहेको गालब चैं कन्फ्युज्ड!
Read Full Discussion Thread for this article