Posted by: gwanche February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
मेरी बास्सै के भा हो यस्तो, माथि कुखुरा, बाख्राआ कुरा भइरा अस्तो ला थ्यो, सप्पै गाम्लेरु बाख्रा पुच्छर खा'र आ'का अस्ता मानिछु, कति कुरा गर्न भ्याइ सकेछन भन्या। दिउँसो एक छिन खोलापारी बजार ग'को थे, मट्टितेल किन्न, कस्तो लामो लाइन रैछ, हर्के साउको पसलमा । लौ हाम्काँ त बुधबार भइसको क्यारे, सप्पैलाइ बुधबारे छड्के सलाम है । त्याँ'ट मट्टी तेल ले'र आउँदै थे, पर तारे भिरको बाटाँ ठुलिसँअ भेट भो,गज्जबको भेस बना'र आइछिन । त्यो शहराँ केटा मान्छेले लाम्ने अस्तो प्यान्ट अनि बुसर्ट, छालाआ ज्याकेट अनि जिब्रो पछाडि फर्काको क्याप टोपी! एक्छिन त चिन्नै गाह्रो भो, 'एइ ग्वाँचे, के हो कता'ट आयौ अनि तो सिसिमा के हो' भनेर सोध्दा पो झसँग भए । सहराँट को बाबु साहेब आ'को होला भन्ने ठानेको त आफ्नै ठुलि पो रैछिन । काँधाँ बन्चरो देखेर 'काँ जान लागेकी' भनेर सोधेको त के भन्छिन था छ, 'घाँस काट्न जान ला' रे बाख्राको लागि, भो त अब! पछि पो था पाइयो हिजा तो के जाती ह्याङओभार हो कि के हो अझै सिद्द्या रैनछ । पछि फेरी घराँ भेटिकिम ठुलिलाइ अनि 'ठुलि घाँस ल्यायौ त' भनेर सोधेको त 'घाँस त काटे तर हेर न बोक्नै सकिन , सयोग गर्देउ न भन्ने आएकी' पो भन्छिन । लौ न त सयोग गर्दिउ भनेर डोको लिएर ठुलिसँअ गए । 'खै त ठुलि घाँसा काँ काटेकी छौ' भनेर सोधेको त सान्नानी को हजुरबाको खेत्को आलिमा भएको तो सुरिलो सिमलको रुख पो छप्काइदिछिन्! हो त रहेछ गालबले भनेको कुरा सहि भन्ने लागो । 'ठुलि हिजो तितौरिको घराँ दाँत माजी माजी गर्दा चार बाटा फिंज आएको भन्ने सुनेको थे, हो?' भनेर सोधेको त ठुलि त बम । तेइ बन्चरओ तेर्स्याएर भनिन्, 'त्यो गालबले सब फटा कुरा गरेको हो, त्यस्तो केइ भा त थेन । जे पायो तेइ कुरा लाइदेर क्या बोर भो'। 'किन र ठुलि त्यस्तो के नै भो र, हामी त तिम्रो साथी त हौ नि, किन बोर हुनु र, कैले काही यामे, हरिको घराँ बस्दा मलाई नि तेस्ताइ हुन्छ, एक चोटि त हरिको बैठक कोठामा सुतेको भनेको त बिहान उठ्दा बाख्राआ गोठमा पो रैछु, मरिजाम कसरी त्याँ पुगे था नै भेन । हे हे हे त्यस्तो त भ इ हाल्छ नि कैले काइ!' 'त्यो त हो के ग्वाँचे', ठुलिले भनिन्, 'तर त्यसरी झुठो कुरा नि गर्नु हुन्छ र, त्यो चार बाटा फिंज आकै हैन, खाली तीन बाटा र दुई मग मात्रै आ को त हो नि!!!!'
Read Full Discussion Thread for this article