Posted by: gaalab February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
यामे -- गीत गा'हो। काँ' ढ्याउ गर्नी नि! चित्रे -- सकियो हो, बल्ल बल्ल। एउटा लघुकथा पेलिहालम् के रे! लघुकथा - ह्याङ्ओभर एकदिन थुली र तितौली तितौलीको कोठामा बसेर मजा'सँग वाइन्, ककटेल, र टकिला पिएचन्। पिउँदा पिउँदा पिउँदा पिउँदा रात पनि परेच। अन्त्याँड, त्यो दिन थुली तितौलीकोमा नै रात बिताउने निश्चय गरिचन्। भोलिपल्ट बिहानै थुली उठेर दाँत माझेर, मुख धोइचन्। अनि तितौरीलाई आफ्नो घरसम्म पुर्याइदिन भनिचन्। बाटोमा फर्किंदा थुलीको अनुहार चिलाउन थालेच। सहनै नसकेपछि तितौरीलाई भनिचन्, "ए तिरु, हेर न मेरो गाला चिलाएर सहनै नसकिने भो।" तितौरीले सोधिचन्, "हो र? सुख्खा लागेर होला।" "हैन क्या तिरु, अति नै भो।" "आज अनुहारमा के दलेकी थियौ कि?" "केही पनि दलेको छैन। बिहान उठेर तिम्रोमा मुख धोएको मात्रै हो।" तितौरीले केही बेर यसो सोचिचन् र सोधिचन्, "मुख धुँदा कुन चाहिं फेसवास् चलायौ?" "त्यही क्या निलो बट्टा भएको!" "उसो भए दाँत केले माझ्यौ त?" "हरियो बट्टा भएको र'च नि। त्यही चलाएँ॥" तितौलीले पेट मिचीमिची हाँस्दै भनिचन् - "थुली पनि! तिम्ले त फेसवासले दाँत माजिचौ, टुथपेस्टले अनुहार पखालिचौ।" (डिस्क्लेमर: यस लघुकथाका पात्र र घटनाक्रम काल्पनिक हुन। कसैको व्यक्तिगत जीवनमा मेल खान आएमा संयोग मात्र हुनेछ।) :)
Read Full Discussion Thread for this article