Posted by: chanaa_tarkaari February 26, 2007
म पनि नयाँ राजावादि
Login in to Rate this Post:     0       ?        
नानु दा' को कुरो चित्त बुझो है मलाइ नि । दिग्गज दिमाख भ'का, नेपाल बाहिरको संसार देखेका, इतिहास जानेका, वर्तमान बुझेका हस्तिहरु त गिरिजा, प्रचण्ड, माधव, ज्ञानेन्द्र, देउवा, रोहित, गोइत भन्दै भेडे तर्कमात्तै गर्ने अघि सर्ने, अनि कहाँ हुन्छ? जो सुकैले गरोस, तर राम्रो कामलाइ राम्रो, नराम्रोलाइ नराम्रो भन्नेतिर नलागे सम्म यस्ता वादविवादहरुले खासै अर्थ राख्ला जस्तो मलाइ नि लाग्दैन । यो वादि र त्यो वादि भन्ने छाप निधारमा लागेपछि सहि कुरा पनि गलत देखिने, गलत पनि सहि देखिने दृष्टिभ्रम हुन रत्ति बेर नलाउनि रइछ ।
Read Full Discussion Thread for this article