Posted by: Nepalki_chori February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, राते, थुली, नमे, हरि, चित्रे, ग्वांचे, राहुलभाई, सानी, नानु अनि अरु सबैलाइ नमस्कार। सबैका तिर राम्रै होला क्या र, आफ्नोमा बिछट्टै हिउं परेछ आज। त्यो के जाती चिन्डेले चौतारीमा गडबड् गर्न आंटेको। मलाई नी रिस् उठेको छ। सांची त्यसले त मर्यादा के हो सिक्नै पर्छ यहांबाट। नेपालां जन्मेर हुर्केर नेपाली केटीहरुसंग कस्तो व्यबहार गर्नु पर्छ भन्ने था नपा त पक्कै हैन होला। (सम्मान् गर्न नसके अपमान नी नगर्नु)। पछिल्तिर चै दुई लाइनको कबिता टांस्या रैछ त्यसले। सुध्रेलाकी जस्तो चै लाग्छ। लौ अब त चौतरी - ५० नी नजिकींदै छ, होली नि आएछ क्या रे। गाम्ले साथीहरु के छ पिलान? :)
Read Full Discussion Thread for this article