Posted by: Hi_nanu February 26, 2007
म पनि नयाँ राजावादि
Login in to Rate this Post:     0       ?        
पिरेजि,तपाइका लेखहरु पड्दा लाग्छ,तपाइको बिस्वास लोकतन्त्र प्रति छ।धेरै नेपालि जस्तै तपाइँ पनि शान्ति र विकाश चाहनु हुन्छ।र जसरि आज देश दन्डहिनताबाट गुज्रीरहेको छ,कानून नभएको देश झै,तपाइ,म अनि धेरै नेपालि वाक्क दिक्क भएका छौ,निराश भएका छौ।तर नेपालको मूल समस्याको जड भनेको अधिकाँस नेपालि जनताको रगतमा कुनै न कुनै राजनितिक पार्टिको आस्थाको सँचार हुन्छ।हामि कि माओवादि,कि राजावादि या खाओवादि हुनमा नै रमायौँ।हामि वादबाट अलग भएर नेपालि भएर सोच्न सकेनौं।जुन दिन नेपालि भएर सोच्न सुरु गर्छौँ,एउटा नया क्रान्ति सुरु हुन्छ,सुद्धिकरणको क्रान्ति।तेहि क्रन्तिले मात्र नेपालको केहि होला नत्र,राजावादि वा कुनै वादि भएर केहि हुनेवाला छैन।मेरो लागि,राजा रहुन य नरहुन,प्रचन्ड मरोस य बाचोस,गिरिजाले नेतृत्त्व गरोस य अरु कोहिले केहि फरक पर्दैन।मात्र मलाइ कुनै पनि शर्तमा शान्ति र विकाश चाहिन्छ र त्यो नेपालि भएर सोच्न सुरु गरे पछि मात्र प्राप्त हुन्छ।अहिलेकै यथास्थितिवाट त्यो सम्भव छैन।
Read Full Discussion Thread for this article