Posted by: Hi_nanu February 26, 2007
A DV VICTIMS' MESSAGE
Login in to Rate this Post:     0       ?        
लेख्ने त मन थिएन,तर नलेखि पनि बस्न सकिन।मलाइ आफूलाइ मन पर्ने साझाका दिग्गजहरु पिरेजि र राहुलदाइका लेखहरुमा पूर्ण समर्थन गर्न नसक्या कारणले लेख्ने प्रयास गरेको छु। आफुले कुरा नबुझिकन पैसा खर्च गर्ने अनि दूतावासलाइ दोष ठहराउने कुरा सुहाउँदो छैन भन्ने कुरामा म यहाँहरु सङ म पूर्ण सहमत छु।तर पिरेजि स्वयँ पनि पिडित हुनुहुन्छ भिसा एक पटक रिजेक्ट भएर।सायद जुन दिन तपाइले भिसा पाउनु भएन त्यो दिन भिसा पाउने कति तपाइभन्दा योग्य थिए त?मेरो भन्नुको मतलब के हो भने,नेपालिलाइ पैसा ख्वाएर डकुमेन्ट बनाउन सिकाको कस्ले?फटाहा बोल्न सिकाको कस्ले?साँचो कुरा गर्नुस दिदैन भिसा,फटाहा कुरा गर्नुस पाउनु हुन्छ भिसा।मैले भिसा नपाएको दिन सबै फटाहा बोल्ने ले भिसा पाए।४ जना सन्तान भएकाले म एक्लो छोरो भने,सहकारि सँस्थाबाट २० लाखको स्टेटमेन्ट देखाएर भिसा पाए।मैले पाइन किन भने मैले आफ्नो जिवित् दाइ छैन भन्न सकिन,मेरो दाइको छोराहरु छैनन् भन्न सकिन। अनि जसलाइ डि भि परिसक्यो तिन्ले पनि नक्कलि डकुमेन्ट बनाउनु आशचर्यको कुरो होइन।तर उनिहरुको प्रयाश अरु धेरै नेपालिको जस्तै काम लागेन , मेरो उनिहरु प्रति सहानुभूति छ,गरिब देशका जनता हुनुको पिडा भोगि रहेक छन।कमसेकम यो आन्दोलनले उनिहरुको घाउमा मल्हम नलागे पनि,अरु नेपालिले धेरै कुरा सिक्नेछन।अरु धेरै डुब्नबाट बच्नेछन्।
Read Full Discussion Thread for this article