Posted by: pire February 26, 2007
A DV VICTIMS' MESSAGE
Login in to Rate this Post:     0       ?        
राहुलभाई, पद्म रत्न हुन त हो आफ्नै बिरादरिको, राजालाई त हेल्प किन गर्थ्यो र। तर चुनाब हारे देखि 'के गर्दा भोट झर्छ' भनेर एता ट्राई उता ट्राई गरि राख्या छ। मैले एमालेलाई एउटाकुरामा चैं मान्छु, सप्पैले काठमाण्डुमा नेवार बाहेक अरुलाई उठाए जित्दैन भन्थे, काठमाण्डुका मान्छे साम्प्रदायिक छन भन्थें, उसले तिनजना हो क्या रे बाहुन उठाएर जिताइदियो। कमसेकम काठमाण्डु ट्रुली राजधानी हो , जसले मन जित्न सक्छ त्यसले जित्ने रैछ भन्ने सावित भो। नेवारले नेवार भएर जितेको हैन, नेवार जनताको मन जितेर हो, भाषा बोल्न सकेर, उनकै भाषामा कम्युनिकेट गर्न सकेर, नातेदारहरु भएर आदिले गर्दा हो, भन्ने सावित भो। आफ्नै जस्तालाई भोट दिन जस्लाइ नि मन लाग्छ, तर त्यो मात्रै भोट दिने कारण हुदैन भन्ने देखाइदिए। अब पद्मरत्नब्रो जनजातिको सल्लाहकार भएर हिड्याछन, यो बन्द इत्यादि गर्ने सल्लाह उनैले दिया'त होला नि।सबैलाई उहि तपाइले भन्या जस्तै फोकटाँ माओबादीको जस्तो सिट पड्काउने दाउ छ। त्यो चुरे भवार भन्ने भेगकाले आन्दोलन गर्‍या सुन्नु भो? बन्दै गरे अझ, अनिश्चितकालिन बन्द रे। म त फेरि कुन पिछडिएका जातिको बन्द रैछ भन्ने सोचिरा'त, के को, जम्मै नेता त छेत्री, बाहुन पो देख्छु (थापा, रिजाल यस्तै के थर थियो)। अब तिनिहरुको के माग हो पर्भु? हैन, एकठाम बाट अर्को ठाम जान ला'का यात्रुलाई दिन का दिन रोक्न पाइन्छ? तेस्तो बन्द आव्हान गर्ने लाई के गर्ने हो? अब हाम्रा डिवि विसा वालाले पनि नेपालबन्द घोषणा गर्ने प्रोब्याबिलिटि छ, कम्तिमा काठमाण्डु बन्द। अन्तिममा यिनिहरुलाई पनि अन्तरिम संसदमा दुइ चार वटा फोकट सिट दिएर बल्ल कुरो टुंगिन्छ जस्तो छ। अनि मान्छे नेपालाँ क्या बेकुफ भाका हुन्? जल्ले जे सपना देखाए नि पत्याइदिने? कुन उल्लुले भोक हडताल, जुलुस अरम, भिसा आम्छ भन्यो होला, ति हो हो भन्दै पछि हिडें। माओबादिले जागिर पाइन्छ,जग्गा पाइन्छ भन्यो, ति पनि हिडें। त्यो मधेसि लिडर गोइतले, ज्वालाले पहाडियालाई धपाएर तिनको जग्गा दिलाउछम भन्यो, तिनको पछडि पनि हिडें। क्या बेवकूफ भा'का हुन मान्छे हरु? हरे।
Read Full Discussion Thread for this article