Posted by: Rahuldai February 25, 2007
A DV VICTIMS' MESSAGE
Login in to Rate this Post:     0       ?        
पिरे ब्रो, मलाई नि प्वाक्क केही भनुम जस्तो लाग्यो । म पनि डि वि पीडित नै हुं । १९९४ हो क्या र पहिलो पल्ट डी भि भन्ने खुलेको त्यो बेला देखि भर्‍या भरै छुं । नेपाल बाट भरें, नेडर्ल्यान्ड्स् बाट भरें, अमृका बाट भरें , परेको होइन। १३ बर्ष लगातर् भर्दा नि न पर्ने नि कहिं चिठ्ठा हुन्छ। अब भन्नुस् , म डी भि पीडित् मा परें कि परिन। पद्म रत्न त आफ्नै बिरादरि भए पनि माओबादि र दरबार् लाई फाइदा नहुने कुरामा जुलुस् निकाल्न सह्योग् गर्ने वाला छैन। डी, भी भरेर्, परेर पनि भिसा न पाउने अधिकांस ढँटुवा हरु हुन्। अधिकांस ले नक्कलि प्रमाण् पत्र पेश् गरेका हुने रहेछन्। गत २००४।५ मा करीब् एक् बर्ष जति अमेरिकन सेन्टर धाउने काम् परियो। हरेक् हफ्ता जसो त्यहा जानु पर्ने काम् हुन्थ्यो। त्यसरि आउने जाने गर्दा, डी भी परेकाहरु को (नक्कली सर्टिफिकेट वाला ) सर्टिफिकेट हरु खूब देखियो । राजादूताबास ले परिक्षाण को जिम्मा अ्एरिकन सूचना केन्द्र लाई दिंदो रहेछ र त्यहाँ जांच गर्न्ने तालीम प्राप्त ब्यक्तिहरुद्वारा जांच्गरी शंका लागेको मा सम्बन्धित निकाय मा पठाएर यकिन गर्दो रहेछ । जाली प्रमाण पत्र नि पेश गर्ने अनि भिसा दिएन भनेर सत्तो सराप्ने । गजब को काइदा रहेछ । १०+२ पास् नगरेको ले २ बर्ष ब्याबसायिक काम गरेको भए पनि हुने भनियता पनि नेपालीले कार्यानुभव को जाली दस्तावेज बनाउ छ भन्ने पूर्वाअग्रह राखेको भने पाइन्छ । मेरो अड्डाको सुब्बा साहेबको श्रीमतिलाई नि मलाई कहिलेइ न परेको चिठ्ठा पर्‍यो । सबै कागजात पुर्‍याए, तर भिसा दिएन । झन्डै ३ लाख डुबायो छिमेकी ले भन्दै सरापथ्यो( हाम्रो अड्डाको साँधा अमेरिकी दूताबास् संग जोडीएको छ ।) पछि थाह पाइयो, प्राइम् आप्लिकेन्ट को १० जोड २ कक्षा पास् न भएको र काम को अनुभव चाँही नक्कली पेश गरेको रहेछ, खैरे मोरो ले पत्तलगै हाले छ । पैसा मात्र नास भो, अ्एरिका पनि आस मात्र भो । तर मोरो खैरे ले गरीब देसका जनता भनेर अलिकति त दया गर्नु पर्ने चाँही हो क्या । एक जना को अन्तर्वार्ता दस्तूर मात्र ५५ हजार एक सय ३५ लिंदो रहेछ । भीसा दिएन भने फटहा मोराको हात मा परेको पैसा जस्तो पच रे । अलि अलि त ट्यान्टर म्याण्टर गर्ने बानी नेपाली को छ नि, पैसा चाँही त्यसरि असुल्नु नहुने हो कि? तै पनि चेतेको होइन । अस्तु!
Read Full Discussion Thread for this article