Posted by: lopchanlama February 25, 2007
बिन्ती पत्र
Login in to Rate this Post:     0       ?        
खिचकडी मुक्तकहरु १ कहिले भोको पेट सुतेकोछु कहिले आधा निन्द्रामा पनि गुडेकोछु त कहिले सिरानी बिझाएर सुतेकोछु कहाँ बाट सुरु गरु यो अम्रिका शहरमा मैले धेरै मस्ती गरेकोछु २ नजगाई देउ मेरो पुरुषार्थलाई कहिले ओठ टोकी कहिले लाजले शिर झुकाई घुमाई दिउला स्वर्ग नगरी जवानिको खेलमा भुलाई ३ के गछौ ए मुर्खहरु भाले-पोथी पिरती आफु भोकै बसी पोथिलाई चारो खेलाउने आफु रोई दुनियाँलाई हसाउने बेलैमा होस् गर जातोमा मकै पिसिए झै पिसिदाँ थाहा पाउछौ ४ कहिले माओको बन्दुक पड्कियो कहिले र्हितिक कान्डा मच्चियो त कहिले मदेश करायो खै कसरी भनु ? देशमा शान्ति हरायो गिरिजाहरु कति आए गए देउवाको त के कुरा एउटै आशा थियो माईला दाईको तर चलाई दिए छुरा प्रचन्ड होस् या बाबुराम मादव होस् या गिरिजा अब नेपालमा शान्ति आउने भगवान भरोसा ५ मुगयनी नयन तिम्रो रेसमी कपाल नागबेली चाल तिम्रो दन्त माछापुछ्रे हिमाल मदहोश भए म लट्ठा भए म आह्ँ कति सुन्दर स्याउ जस्तो गाला धेरै उत्ताउली नबन मोरी भ्याकुतले किस् खाला ६ थामी दिन्छन धड्कनहरु जब तिमीलाई देख्दछु अनयाँसमै रोक्छन पाईलाहरु जब तिमैलाई हेर्दछु प्रिय डुब्न चाहन्छु म तिम्रो मायाको गहिराईमा मलाई डुब्न देउ सारा संसार भुलेर तिम्रो अं गालोमा बाधिन चाहन्छु म आफैलाई भुल्न देउ
Read Full Discussion Thread for this article