Posted by: Slackdemic February 25, 2007
A New Royalist!
Login in to Rate this Post:     0       ?        
I find this following article, by Khagendra Sangraula, on http://www.kantipuronline.com/kolnepalinews.php?&nid=101379 somewhat relevant to the discussion going on here. Thought some of you find this interesting: राजाको बर्बराहट र कटवालको बफादारी ढिलो-छिटो गरिएको कर्मको फल त प्राप्त हुन्छ नै । राजा ज्ञानेन्द्रलाई महाशिवरात्रिमा पशुपतिको मन्दिरमा धमिलो सा“झपख फल प्राप्त भयो । फल नरम र सरस थिएन । उसो त ज्ञानेन्द्रको कर्म नै कहा“ नरम र सरस थियो र - यिनले आफ्नो मध्ययुगीन बर्बर शासन जोगाइराख्न पर््रदर्शनकारी निहत्था नागरिकहरूको अन्तहीन गोलोमा ज्यानमारा गोली दागेका थिए । अहिले ती गोलीको फल इ“टाका रूपमा यिनलाई प्राप्त भयो । कतिपय करुणाका घै“टारूपी ज्ञानीहरूले ज्ञानेन्द्रलाई टक््रयाइएको फलबारे तुरुक्क आ“सु चुहाउ“दै गनगन गरेको व्यहोरा मैले पढे“ । तिनले फल टक््रयाउनेहरूलाई उपद्रयाहा, उच्छृङखल र असभ्य भन्दै लोकतन्त्रका अर्तिहरूको प्याकेज डिल गरेको पनि देखे“ । तर तिनले यथार्थको अर्को मुख्य पाटो नदेखेका देखेर भने म चकित भए“ । उसै त जाडो याम, त्यसमाथि ज्ञानेन्द्र पशुपतिमा सवारी हु“दा सिमसिम पानी परिरहेको थियो । घन्टौ“देखि पालो कर्ुर्दै लाममा बसेका दर्शनार्थीहरूलाई तिनले बन्दुकको बलले बढारेर किनारा लगाए । तिनले एक्लै दसौ“ हजारको पालो मिचे । अनि ती सारा नरनारीहरूलाई भिजेर मुसा हुन बाहिर छाडिदिएर तिनले पशुपतिको मन्दिर कब्जा गरे । त्यो क्षणमा ती दमित दर्शनार्थीहरूलाई राजा ज्ञानेन्द्रको क्रूर मकरतन्त्रको झल्झली याद आयो होला । र नै तिनले निजलाई कठोर कर्मको हल्का फल प्रदान गर्न चेष्टा गरे । सत्य यही हो । मर्का परेर झो“क चलेको बेला बाहुनले वेद पढ्दैन भन्ने उखानको मर्म हाम्रा ज्ञानीहरूलाई थाहा नभएको देख्दा मलाई त्यसै-त्यसै टिठ लागेर आउ“छ । आफ्नो कर्मको फलको र्स्पर्शबाट बालबाल बचेका ज्ञानेन्द्र झस्के । तिनलाई राजाका रूपमा आफ्ना दिन सकि“दै गएको कटुतम अनुभूति भयो क्यार । त्यसैले झोक्कि“दै, अहंकारले फुल्दै अर्धविक्षिप्त मुद्रामा फागुन ७ गते तिनले देशवासीका नाउ“मा सन्देश जारी गरे । सन्देश भन्नु नै के छ, त्यसमा त उही माघ १९ को फौजी कूको झुसिलो डकारमात्र छ । दलहरूलाई अनर्गल लाञ्छना र आफूलाई आफ्नै खुनी हातले सम्मानको सलामी । यतिका दिनपछि, आफूमाथि यत्रोविधि निन्दा र भर्त्सनाको वषर्ा भएपछि पनि केही नचेतेर ज्ञानेन्द्रले आफ्नो तानाशाही उचित थियो, त्यो बाध्यताले ल्याएको आवश्यकता थियो भन्दै आफ्नै कुरूप रूपको महिमामण्डन गरेका छन् । ज्ञानेन्द्रले फेरि पहिलेजस्तै अन्तरिम संविधानमाथि बुट बजारेर गर्जन गरे । यिनको यो मर्यादाहीन गर्जन ब्रह्मनालका सुताइएको रोगग्रस्त राजतन्त्रको बर्बराहट हो । तर ब्रह्मनाल पुर्‍याइएको रोगी मर्छ नै भन्ने केही छैन । अपवाद जेमा पनि हुन्छ । रोगी उठ्न सक्छ र ऊ तनक्क तन्कि“दै तङग्रिन सक्छ । अनि ऊ आफ्नो मति अनुसारको कर्ममा पुनः प्रवृत्त हुनसक्छ । ज्ञानेन्द्रको सम्भावित कथा पनि यस्तै हो । सन्देशका नाममा जब ज्ञानेन्द्रले विषवमन गरे, भाते न्रि्रामा लठ्ठ परेका सिंहदरबारवासी हाम्रा बहुरङ्गी लोकतन्त्रवादीहरू तर्सिए । अहिले समयले नेटो काट्न लाग्दा तिनका धारेहात ज्ञानेन्द्रतिर उठेका छन् । तर यो सब बेकार हो । शाही बर्बराहटको प्रेरणास्रोत नारायणहिटी दरबार होइन, सिंहदरबार स्वयम् हो । प्रतिगमनको ब्याड बनाउने र वीउ र्छर्ने कर्ताहरू सिंहदरबारमै छन् । यता यिनले वीउ छरे, उता नारायणहिटीमा विषवृक्ष पैदा भयो । ज्ञानेन्द्रको सन्देश त्यही वृक्षबाट आएको बमनकारी हरक हो । ज्ञानेन्द्रको सन्देशमा थुप्रै मानवद्वेषीहरू कुहिगन्धे सिनोका औ“साहरूझै“ जम्जमाएका म देख्छु । रायमाझी आयोगको ठहरअनुसार यी सबै औ“साहरू आन्दोलनकारीका ज्यान मार्ने हत्यारा हुन् । राजाको बोलीमा तुलसी गिरी र कमल थापाको मुस्कान छ, सत्चितशमशेर जबरा र भरतकेशर सिंहको हा“सो छ, बद्रीप्रसाद मण्डल र सलिम मिया अन्सारीको आनन्द छ, प्यारजङ्ग थापा र रुक्माङ्गद कटवालको गुलामीयुक्त सलामी छ । कटवाल साहेबको नाम यो लाममा आउ“दा लोकतान्त्रिक महलका शाही जर्नेलका कतिपय अन्तरङ्ग मित्रहरूले चित्त दुःखाउन सक्छन् । तिनले भन्न सक्छन्, अरे बाबा † नेपाली सेनाका नायक भइसकेका यी कटवालमाथि यो अनर्थ लाञ्छना किन - तर यिनको चित्त दुःखाइमा म कुनै दम देख्दिन । कटवालको बफादारी सङ्कटमा छ, त्यो म बुझछु । यिनी यसो हर्ेछन्, पुराना मुकुटधारी मालिकलाई नारायणहिटीमा देख्छन् । अनि कुदेर मालिकका चरणमा घु“डा टेक्न पुग्छन् । अनि फेरि यसो हर्ेछन्, टोपीधारी नया“ मालिकलाई बालुवाटारमा देख्छन् । अनि कुदेर मालिकलाई सलामी चढाउन त्यही“ पुग्छन् । तर कुरा बुझनर्ुपर्छ, पुराना मालिकप्रतिको भक्ति र दासता नया“प्रतिको भन्दा कता हो कता गहिरो हुन्छ । कटवालजीका कथाको गुह्य कुरो पनि यही हो । नेपाली भूमिको भार र नेपालीका मुटुको किलो सावित भएका राजा ज्ञानेन्द्रलाई नेपाल सरकार बनेकै दिन सदाका लागि विदा गर्न सकिन्थ्यो । त्यो पनि सजिलै । जागेको जनशक्तिको प्रलयङ्कारी गर्जन सुनेर राजा र तिनका आउरे-बाउरे-धुपौरेहरूको मूल सातो गएको थियो । तिनका नुर गिरेका थिए र तिनका हंसले ठाउ“ छाडेका थिए । सिंहदरबारका गुरुजीहरूले राजालाई आजको मितिले त्रि्रो पत्रु राजतन्त्र सकियो भनेका भए टन्टै खलास हुन्थ्यो । हुलचालकालमा छाला जोगाउन माकुरे दुलामा लुकेका राजा र तिनका चाकरगण प्रतिक्रियाहीन मूक मुद्रामा हेरेका हेर्‍यै हुन्थे । तर सिंहदरबारका खिया पुरुषहरूले सकेनन् । यो अब्बल मौका तिनले चुकाए । र नै ब्रह्मनालमा लम्पसार परेका राजाले आज टाउको उठाउन खोजेका हुन् । अर्को अस्सली मौका रायमाझी आयोगको रिपोर्टले दिएको थियो । यो रिपोर्ट तात्तातै लागू गरिएको भए सबै शाही अपराधीहरू खोरमा चलान हुन्थे । तर शुष्क मति र सुस्त गति भएका हाम्रा गुरुजीहरूले आ“ट गरेनन् । यिनले यो मौका पनि चुकाए । र नै यी सकल अपराधीहरूको उक्साहटमा अर्धमृत राजाले आज टाउको उठाउन दुःसाहस गरेका हुन् । सिंहदरबारका अन्तरे टाइपका गुरुजीहरूले नगरी नहुने काम गरेनन्, गरेर केही नलछारिने काममा सारा समय बर्बाद गरे । ती हात-हातमा फिता बोकेर राजाका नाउ“का घर-घडेरी, खेतखला र वनपाखा नाप्न निस्के । राजाको यति जमिन फेला पारे“, राजाको उति जमिन फेला पारे“ भन्दै तिनले किस्ताबन्दीको भाकामा हामीलाई सुनाए । चराचर जगत्कै महान् पराक्रम गरेको अभिनय गर्दै तिनले धाक लगाए । त्यो बेफ्वा“कको तोरिलाहुरे धाक थियो । थाहा छ, राजाले त्यो सब जमिन बन्दुकको बलले कब्जा गरेका थिए । त्यो बन्दुक अझै राजाकै हातमा थियो । फितावाल राजनीतिक अमिनहरूलाई त्यो बन्दुक खोस्न होश आएन । तिनले त अल्छी त्रि्रे स्वादे ज्रि्रोले झ“ै मनको लड्डु घ्युसित खा“दै मैले राजाका पखेटा काटे“, मैले राजाका नख-दन्त झारे“ भनेर बेतुकको फर्ुर्ती गरे । तर बन्दुकधारी राजाको शक्तिमा खासै घुन-पुत्ली लागेको थिएन । झन्डै अर्ढाई सय वर्षो राजाको शासनको आधार लोकसम्मति, लोककल्याण र लोकप्रियता कहिल्यै थिएन । आधार त केवल बन्दुक, बन्दुक र बन्दुकमात्र थियो । त्यो बन्दुक अझै राजाकै हातमा छ । फागुन ७ गतेको सन्देश बोल्ने राजा ज्ञानेन्द्र होइनन् । त्यो बोली नारायणहिटीका मिसिनगन र ट्याङ्कहरूको हो । त्यो बोली नारायणहिटीको शस्त्रागारमा थुपारिएका घातक हतियारहरूको हो । त्यतिका जनमारा हतियार राजाका हातमा छाडिदिनु अनि राजालाई निस्तेज तुल्याए“ भनेर नरनारीलाई ढा“ट्नु सिंहदरबारका गुरुजीहरूको हदैसम्मको पामरपना हो । अब अन्तिम मौका आएको छ । इतिहासका भित्तामा सि“गौरी हान्दै र वृद्ध बयलको भाकामा होक्रा“ गर्दै राजा ज्ञानेन्द्रले मौका दिएका छन् । यो जस्तालाई तस्तैको व्यवहार गर्ने बेला हो । सिंहदरबारमा कुम्भमेला भनिन लायकको संसद्-व्यवस्थापिका छ । गर्नलाई अर्थपर्ूण्ा काम केही नपाएर नाक कोट्याउ“दै र काखी कन्याउ“दै यो कुम्भमेलाको सारा समय बितिरहेको छ । अब भने गर्नलाई गतिलो काम आयो । सकल सांसद मन र वचनले एक होउन् र कमसेकम इतिहासमा कर्ीर्तिमान रहने एउटा काम गरुन् । त्यो हो, भोलि-पर्सि नै साहस र शानका साथ ढ्याक्क लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नु । यो घोषणाबाट संसद्-व्यवस्थापिकाका अग्रगामी र प्रतिगामीहरूको खुला परीक्षा हुनेछ । साधु र चोरहरू छुट्टनिेछन् । काङ्ग्रेसका खुला राजावादी र एमालेका छद्म राजावादीहरूका अनुहार देखिनेछन् । क्रान्तिकारी भाषण ठोकिरहेका र्सर्ूयबहादुर थापा र पशुपतिशमशेर राणाका सक्कली रूप पनि उजागर हुनेछन् । उसो त यो घोषणाले बफादारी सङ्कटमा परेर घडीको पेन्डुलमझै“ नारायणहिटी र बालुवाटारबीच हल्लिरहेका प्रधानसेनापति रुक्माङ्गद कटवालको दुःखको पनि अन्त्य हुनेछ । कटवालजीले नारायणहिटीका हतियार र फौजलाई बाहिर निकाल्नेछन् । नेपाल सरकारले राजा ज्ञानेन्द्रलाई तिनका झिटिगुन्टासाथ नारायणहिटीबाट सप्रेम विदा गरेर निर्मल निवासतिर चलान गर्नेछ । बस्, अब भने शाहीसेना सा“चो अर्थमा नेपाली सेना हुनेछ, र दुःखी कटवालजीको बफादारी एकसरो र हल्का हुनेछ । नेपाल सरकारप्रति र फगत नेपाल सरकारप्रति । तथास्तु ।
Read Full Discussion Thread for this article