Posted by: pire February 25, 2007
A DV VICTIMS' MESSAGE
Login in to Rate this Post:     0       ?        
एउटा कहानी याद आम्च ऐले। उ बेला हाम्रा गाममा यौटा "डुडे भँडारी" (हात काटिएको भण्डारी साहु लाई छोटकरीमा भनेको) भन्ने थियो। भर्खर, भर्खर, बस्ती बसेको बेला चिया र सम्सा बेचेर टन्न कमायो, टिन हालेर घर बनायो र पछि त रसद (ग्रोसरी) पनी बेच्ने भयो। फाउपुर्नेको भाकामा मैले'नि टन्न चिया पिएको थिएँ त्यसकाँ, सिमाखानेले खुब बढाएर खाताँ लेख्थ्यो, त्यो कुरो अर्कै हो। अनि एकदिन यौटा मधेसीले डुडेलाई 'नोट' छप्ने मिसिन किन्छस भनेछ, के के जादू गरेछ, डुडे त मख्ख, छ हजार त्यो बेलाको पैसा हालेर नोट छप्ने मिसिन किनेछ। अब पछी के भो भन्न परेन। मिसिनले सधै पैसा किन बान्ता गर्थ्यो र? मधेसीले केहि नभए नि पाँच हजार झ्याप्पपार्‍यो रे भन्थे सबै। भनेसी पछि 'डुडे भँडारी' ले मलाई देशीले ठग्यो भन्दै जंगिदै हिड्यो, धन्न सुर्जेनाथ हेडमास्टरकाँ काम गर्ना आका मधेसीलाई कुटेको, हेडमस्टरले चड्कन लगाएर नझपारेको भए भन्ने सुनियो। भनेसी, आफै बित्थामा लोभ गर्ने, नियम नबुझि, अनि पछि रिस गर्ने भएन। यो डिभि सिभि जे भनेनि हुने खानेलाई नै हो, एकलाख रुपियाको च्याँखे थाप्न सक्नेलाई नै हो, नियाम राम्रसी पढे बुझिन्छ। अनि हामी पनि लगभग च्याँखे थापेरनै ह्याँ आ'हो। जि आर इ भन्यो, टोफेल भन्यो, यत टिउसन, उता टिउसन, गाउँको ह्याँ बसेका दाईलाई एप्लिकेसन फिस तिर्न कति बलहत्ते गरियो। हाम्लाई नि छुलछुलती पारेको हो गोराले। त्यो इन्टर्भ्युको बेला हामीलाई नि फाल्देको भएहजार डलर, आफ्नो समय, जोरीपारीको हँसाई सबै हाम्ले नि सहन पर्थ्यो, पर्थेन र। ह्वाँ गाममा बाले फारम भर्न थालेको छ मैन अघि देखि मेरो छोरो नि अमेरिका जाने भो भन्दै हिडेका थिए। अब सहानुभुति त छ नि, के गरम। तेसो भन्दैमा तिमेर्ले त्यो पानीपोखरियाँ ढुकेर जग हसाएको ठिक भनम कि शुरु शुरु स्कुलाँ पढाउन जाउ, वा जिआरइ टोफेल दिएर अर्को याङ्गल लगाउ भनम। म त तेसै नि यो धर्ना जुलुस सित आजीत भैसकें। देशाँ केहि गरेर खान नपाइने भो।
Read Full Discussion Thread for this article