Posted by: pire February 25, 2007
A DV VICTIMS' MESSAGE
Login in to Rate this Post:     0       ?        
मेरो यि 'भिक्टिम' हरुलाई केहि प्रश्न: १। यो नौटंकी कहिले छोड्ने? काम पाइन बुहारी पाडाको नाइटो कन्याउ भन्या यै हैन? २। आफ्नो गाउँ छोडेर बिदेश जाने चिज पनि नबुझि तेसै भर्ने? गोराको नियम के हो बुझ्न पर्दैन? ३। यो चिट्ठा भन्या त एक लाख रुपिया हालेर चिट्ठा किन्या जस्तो हो। शुरुमा पैसा तिरेर इन्टन्र्नेटमा भर्‍यो, अनि परेमा फेरि अलि बढि पैसा तिर्‍यो। किनकि दोश्रो ताली पैसा धेरै तिर्न पर्ने रिजन चाहि दोश्रो पालीको चिट्ठा पर्ने प्रोब्याबिलिटि बढि भएर हो। बच्चा बच्चालाई थाहा छ कि डिभि विसा पर्दैमा अमेरिका आउन पाइदैन।तर प्रोब्याबिलिटि स्वाट्टै बढेर फिफ्टी पर्सेन्ट हुन्छ। अब चिट्ठाको भाउ पनि तेसरिनै बढ्छ। यो मुख्य गरि दुइ स्टेप चिट्ठा हो। पहिलो मा सस्तो (फ्री)मा भर्ने, अनि पहिलो चिट्ठा परेपछि बढि पैसा तिरेर अर्को चिट्ठा भर्ने (फाइनल एप्प्लिकेसन)। तेत्ति हो। सक्छौ चिट्ठा किन, नत्र जुवा खेल्नु सधै खतरनाक कुरो हो, नखेल। ४। अनि, ए बाबा, छोरा पाउनु कैलेकैले भोटो सिउनु पैले भन्या जस्तो, अमेरिका जानु कहिले कहिले, जागीर छोड्ने, भोज ख्वाउने गर्ने लाई अरुले के भन्ने? तेस्तो नि भिक्टिम हुन्छ? मित्र हो, आफु 'गाँठ भि गुमाना बेवकूफ भि बन्ना' झै नगरौ। गाउँ मा गएर काम गरेर बाँकी भविष्य सपारौं। सबैलाई चेतना भया। पि.यस.:यो कान्तिपुरले जो पायो तेइलाई समाचार बनाएर ह्याँ जल्लाइ नि आन्दोलन गरेर न्युज बन्ने रहर भा'हो, अरु केहि हैन। यो उपेन्द्र यादब होस कि जनजातिको आन्दोलनकारी होस, सबै कान्तिपुरले उचालेको हो। खबर लेख्न छोड्या दिन यि सबै सामसुम हुन्छन।
Read Full Discussion Thread for this article