Posted by: shirish February 25, 2007
Model of federal system
Login in to Rate this Post:     0       ?        
कृति ः संविधानसभाः प्रक्रिया र अनुभवहरू स्रष्टा ः भीमार्जुन आचार्य प्रकाशक ः राष्ट्रिय शान्ति अभियान पृष्ठ सङ्ख्या ः १७९ मूल्य ः २०० रुपिया“ नेपालमा २००७ सालदेखि बहस र विवादको विषय बन्दै आएको संविधानसभाको चुनाव ५६ वर्षछि राष्ट्रिय सङ्कल्प भएको छ । देश आगामी जेठ महिनाभित्र संविधानसभाको चुनाव गर्ने, संविधानसभामार्फ नया“ संविधान निर्माण गर्ने र त्यसै संविधानले समावेशी राज्यसंरचना निर्माण गर्ने चरणमा छ । अन्तरमि संविधानले नेपालमा चार सय २५ सदस्यीय संविधानसभाको परकिल्पना गरसिकेको छ । यति ठूलो सभाले कसरी संविधान बनाउ“छ, यसको प्रक्रियाबारे भने शिक्षित वर्ग अझै प्रस्ट छैन । यसलाई प्रस्ट पार्ने प्रयास गरेको छ- संविधानसभा ः प्रक्रिया र अनुभवहरू पुस्तकले । संवैधानिक कानूनका अध्येता भीमार्जुन आचार्यको सो पुस्तकमा संविधानसभाका अन्तर्रर्ााट्रय अनुभवहरूलाई समेटिएको छ । नेपालमा के गर्दा उचित हुन्छ भन्नेबारेमा मार्गनिर्देश पनि गरएिको छ । लेखिएको छ, "संविधान निर्माण कार्यभित्र अन्तरनिहित धेरै उद्देश्यमध्ये सबै अवस्थाको साझा उद्देश्य भनेको राज्यमा नया“ थालनी गर्नु हो ।" आचार्यका अनुसार, संविधानसभालाई सहभागितामूलक संविधान निर्माण प्रक्रियाका रूपमा लिइन्छ । संविधान निर्माण प्रक्रियामा नागरकिलाई तीन चरणमा समावेश र सहभागी गराइन्छ । पहिलो चरणमा नागरकिहरूले संविधानसभाको गन्तव्य र आधारभूत शर्त निर्धारण गर्दछन् । संविधानसभाको गठन भएपछिको अवधि दोस्रो चरण हो, जसमा जनताले व्यक्त गरेका इच्छा र आकाङ्क्षालाई सम्बोधन गर्दै संविधानको मस् यौदा तयार गरन्िछ । संविधानको मस्यौदा तयार भइसकेपछिको अवधि तेस्रो चरण हो । यस चरणमा आमनागरकिलाई संविधानमाथि उनीहरूको स्वामित्व स्थापित गर्ने अवसर दिइन्छ । पुस्तकमा आमनागरकिले जनमतसङ्ग्रहका माध्यमबाट संविधान अनुमोदन गर्ने विश्वको आमप्रचलन रहेको उल्लेख छ । आमनागरकिले निर्धारण गरेका आधारभूत सिद्धान्तका आधारमा संविधान मस् यौदा भई अन्त्यमा उनीहरूकै प्रत्यक्ष जनमतबाट संविधान अनुमोदन भएपछि सहभागितामूलक संविधान निर्माण प्रक्रियाको चक्र समाप्त हुन्छ । नेपालमा जनमतसङ्ग्रह नै संविधानलाई अनुमोदन गर्ने उपयुक्त ढा“चा हुनसक्ने दाबी आचार्यको छ । उनको तर्क छ, "संविधान निर्माण भइसकेपछि त्यसको अनुमोदनका लागि जनतासमक्ष प्रस् तुत गरेपछि त्यसले आफूले स् थापना गरेका सङ्घसंस्थालाई मात्र नभएर जनतालाई समेत आफ्नो परििधभित्र बा“ध्ने काम गर्छ । यस तरकिाद्वारा जनताले संविधानमाथि प्रत्यक्ष स्वामित्व स् थापित गर्न सक्छन् र आफ्ना प्रतिनिधिलाई राष्ट्रको आकाङ्  क्षाविपरीत काम गर्नबाट रोक्न सक्छन् ।" पा“च परच्िछेदमा विभाजित पुस्तकमा संविधानसभा, संविधानसभाबाट बनाउने संविधानका ढा“चा, विदेशका अनुभवहरू र संविधानसभाका प्रक्रियाहरूका बारेमा उल्लेख गरएिको छ । नेपालका लागि आवश्यक सुझाव पनि छुट्टै परच्िछेदमा राखिएको छ । अन्तिम परच्िछेदमा राणा प्रधानमन्त्री पद्मशमशेरले २००४ जेठ ३ गते गरेको भाषणदेखि ०६३ मङ्सिर ५ गते सम्पन्न सरकार-माओवादी शान्ति सम्झौतासम्मका संविधान र संविधानसभास“ग सम्बन्धित २५ वटा महत्त्वपर्ूण्ा घोषणाका दस् तावेजहरू जस्ताको तस्तै राखिएको छ । पुस्तकमा रुस, भेनेजुएला, आयरल्याण्ड, भारत, कोलम्बिया, इटाली, दक्षिण अप्रिmका, र्टर्की, लिथवानिया, केन्या, रुवाण्डा, निकारागुवाका संविधान निर्माणसम्बन्धी अनुभवहरूलाई पुस्तकमा विस्तृत रूपमा उल्लेख गरएिको छ । सन् १७८९ मा र्सवप्रथम प|mान्समा संविधानसभा गठन भएदेखि सन् १९९९ मा भेनेजुएलासम्मका कैयौ“ अनुभवहरूको अध्ययनबाट निकालिएको निष्कर्षछ- संविधानसभामार्फ संविधान निर्माण गर्ने प्रयास गरेका धेरै मुलुकहरूमा संविधानसभाका प्रयास असफल भएका छन् । नेपालमा संविधानसभा गठन भएको दर्ुइ वर्षभत्र संविधान निर्माण गर्ने लक्ष्य अन्तरमि संविधानमा छ । तर, प|mान्स, लिथवानिया, भारत र दक्षिण अप्रिmकामा तीन वर्षलागेको अनुभव छ भने इटालीमा अढाइ वर्षा नै सम्पन्न भएको छ । पाकिस्तानमा भने संविधान बनाउन सात वर्षलागेको पनि संविधानसभा ः प्रक्रिया र अनुभवहरू मा समेटिएको छ । इटाली, नर्वे, दक्षिण अप्रिmकाका दृष्टान्तहरू नेपाली संविधानसभाका लागि अनुकरणीय हुने पुस् तकमा उल्लेख छ । माधव ढुङ्गेल
Read Full Discussion Thread for this article