Posted by: gwanche February 25, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
रविबारे छड्के सलाम, सबै जनालाइ!! हन कल्ले काटो मिसको कुरा, काम नपाका मोराहरु, यसपाली नि किलास चढ्ने मुन नभाकाहरु । तेइ किलासाँ बस्नु पर्दा था हुन्छ नि मिसको कुरा काटेको फल । गोताएँ दाइको कुरो मुलाइ नि मुनासिब लायो है, गाम्लेहुर ! ५०औं भाग सानोतिनो उपल्ब्धी पक्कै पनि होइन । तसर्थ चौतारीको पचासौं खुड्किलोमा पुराना गाम्लेहरुलाइ नि कार्ड दिएर आमान्त्रीत गर्नुपर्छ, खसी काटेर भोज खानुपर्छ । जिम्माल बाको तर्फबाट व्हिप जारी हुनुपर्छ, सबैले केइ न केइ नयाँ कोसेली पस्कनै पर्ने । स्वर्ण अंक गज्जप बनाउनु पर्छ! के छ हरि पासा, भूतले खाजा खाने बेला कता हो एक्लइ, भूतले खाजा खोस्न आयो भनेर लखेट्ला नि, होस गर है । अन्त्यमा चौतारीको मर्यादामा रहेर मात्रै चौतारीका बिभिन्न कृयाकलापमा सहभागी भईदिनु हुन सबैलाइ अनुरोध गर्दै मेर दुई शब्द यहीं टुङ्ग्याउँछु, सबैको जय होस् ।
Read Full Discussion Thread for this article