Posted by: Gautam B. February 25, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नया चौतारी बनेर पुनि ४-५ गाम हालिसकेछ! जय होस् स्यान्कान्छाको! (अर्को पाला भने बियर दाप्दै नबनाएस्!) अनि गाम्ले हो, पचासौं चौतारी अलि भब्य बनाउनु परो, पच्चीसौं जस्तै! शुरु गर्नेले पनि एकदम भब्यताका साथ शुरु गर्ने, बरु अहिल्यै तोकौँ कल्ले पचासौं चौतारी शुरु गर्ने भनेर। अनि सप्पैले केहि न केहि नया लेख्ने पर्ने भनेर उर्दी पनि जारी गरौं। पुराना गन्य-मान्यहरुलाई पनि निम्तो गरौं। ************ यो चिण्डे किन मिसलाई जे पायो त्यहि भन्छ हँ? गामनिकाला होला, होश गर्! (चिण्डे ब्रो, चौतारीका आफ्नै नियम-कानून र सभ्यता छ र एकापसको सम्बन्धमा पनि सम्मान र सादगी छ, त्यसैले अलि ध्यान दिएरमात्रै लेखौंहोला। चौतारीको कुनै पात्रको बारेमा धारणा बनाउनुभन्दा पहिले चौतारीका पूराना अंकहरु पढ्नुहोला।)
Read Full Discussion Thread for this article