Posted by: pire February 24, 2007
म पनि नयाँ राजावादि
Login in to Rate this Post:     0       ?        
थोपा र राहुल बर्दरहरु, हुन त हो, एक इन्च पनि हाम्रो जग्गा नदिम जस्तो मलाई नि लाग्छ।तर यदि हामीले यसरी नभनिञ्जेल त्यो सोझा साझा मधेसमा भएका जनताले कहिल्यै त्यो राँडाको छोरा माओबादीका झड्केलो सन्तानहरुलाई नचिन्ने भए। इण्डियाले जबर्जस्ति लान खोजे त हामी फाइट गरम्ला भन्ने हुन्थ्यो, तर तेस्तो पनि छैन। तराईमा दश पन्ध्रवटा पार्टी त होला। टेरोरिस्टहरु, बिहारीहरु ले दादागिरि गरेको ठाउँ छ। झन प्रजातन्त्रमा भबिष्य देख्नु कहाँ छ यहि प्रजातन्त्र खान खोज्ने? के गर्दा आफ्नो भलो, आफ्नो सन्तानको भलो हुन्छ भन्ने नसोच्ने? मैले जि आर इ पढ्दा एउटा प्यासेज पढेको थिएँ, बिहारलाई छुट्याइदियो भने अझै संसारको सबभन्दा गरिब देश हुन्छ रे। मैले राजालाई सपोर्ट गर्छु भनेर मनले भनेको हो र भन्या बर्दर? त्यो नेताहरुलाई तर्साउन पनि यसो गर्नुपर्ने रैछ। तपाइले त्यो युनिभर्सिटिमा पार्टीको कार्यकर्तालाई भिसि बनाउने प्रस्ताव पढ्नु भो होला? यसरी चल्छ देश? खै बुद्धि? खै देशको माया? झन शान्ती आउला भनेर तेत्रो आन्दोलन गरेको हैन? खै, न अन्तरिम सरकार टाइममा भा'छ, न संसद, तपाइलाई विश्वास नलाग्ला, यतिखेर पनि कतिपय नेताहरु विदेश यात्रामा छन, उता निर्वाचन आयोग हाम्लाई कानून बनाएर देउ भनेर र्‍वा र्‍वै छ, खै जिम्मेवार बिहेवियर? अनि उता राजालाइ बसिबसि करौडौ दिएको छ, त्यसै पनि, अब काम पनि गर, खानै जन्मेको रैछस खा भन्न परेन?राहुलभाई, मेरो यो हातले पनि 'श्री ५ बिरेन्द्र र शिक्षा बिकास' भन्ने नौटंकी निबन्धमा लेखेर एकताका राष्ट्रीय पुरस्कार जितेको थियो। के गर्नु, हामीलाई दासै हुन लेखेको। के बाहुन, के नेवार, के पहाडे, के क्षेत्री, दुख सबैले पाइयो, अहिले यो राडाको जार उपेन्द्र यादबहरु देश टुक्र्याउन पाए भन्दै हिडेका छन। हाम्रो देशको टुक्रा लिएर लालु लाई चढाउन गएपनि त्यो साधुराम यादब कि के जाति भन्ने बिहारीहरुले यिनीहरुलाई बाल गन्ने चाहि हैन। 'जो अपनेका भला हो नसका, वो किसिका नहि होगा' भन्छन। मिथिलाको सांस्कृतिक रुपले काठमाण्डु सँग र नेपालसँग बढि नाता छ। जो हामी सँग मिलेर बस्न सकेनन, तिनलाई अरुले पनि पत्याउदैनन। तर के गर्नु,यिनको घैंटो मा घाम लागे पो। थोपा बर्दर, मलाई तपाइको भोट गुमाएको मा पिर छ, तर बर्दर, अहिले भोट भन्दा'नि शान्ति चाहियाछ। बरु मेरो भोट तपाइलाइ दिन्छु, जसरि हुन्छ तपाइनै सोल्भ गर्नुस।
Read Full Discussion Thread for this article