Posted by: Rahuldai February 24, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
पिरे ब्रो, कति छिटो हरेश खाएको? चरेश खाउ तर हरेश न खाउ भन्छन्, बुढापाका ।
राजाबादी बन्न स्वतन्त्र छ, तर मलाई थाह छ, तपाईं को आत्म कहिलेइ मान्ने छैन । बिचारेर गढेको आस्था चिता मा पनि जल्दैन ।
भाँड्भैलो को देश बनेको छ, कुरुप भैसकेको छ देश । चोक्टा चोक्ट लुछ्न तयार छन बिदेशी पालुवा ब्वाँसाहरु । दरबार ले एकै चोटि १३ करोड को खर्च लाई ६३ करोड पुर्यायो। त्यति बेला राजनैतिक् पार्टि केहि ले बाहेक् बोलेनन्। आज तिनै ६३ करोड् हरु तराइ जलाउन, जनजाति जलाउन तेल किन्न खर्च गरेको कुरामा बिश्वास् गर्नै पर्ने हुन्छ। तपाइले भने जस्तै, ती उपेन्द्र यादबहरु लोकतन्त्र लडाइमा कहाँ थिए। हारेको लालु जिताउन बिहार् मै थिए त होला नि। अन्तरिम सरकार तानाशाह हरु को त होइन नि? तिनीहरुको बोल्ने लेख्ने र शान्तिपूर्वक भेला सभा गर्ने अधिकार माथि ज्ञानेको धारा लागेको त छैन नि?
चुनाव हुँदै छ, तिनीहरुले भाग लिन पाउंदैन भनेर प्रतिबन्ध लागएको त छैन नि । जितेर आउ, संबिधान आफ्नो अनुकुल बनाउ । कसले रोकेको छ ।
माओवादी ले जस्तै फोकट्मा सांसद बन्न चाहेको हो भने,त्यही अनुसार को माग हुनु पर्यो, बिचरा गिरिजाबाबु ले बिचार गरिनै दिन्थे ।
कहिले न निभ्ने आगो जलायो । त्यो दुईजाती बिच आत्मियता फर्किन्न अब ।
मर्ने बेला पनि घरमा आगो लगाउने जुन धृष्टता ज्ञाने ले गर्यो नि त्यही कारण ले आज झन म राजातन्त्रको बिरोधी भएको छु ।
हिजो सम्म म पनि राजालाई त्यसरि पाखा लगाउन हुन्न, अलिकति श्पेस ( गिरिजा बाबु को शब्दमा) दिनु पर्छ जस्त लागेकोथ्यो । म गलत रहेछु । जिन्दगी लाई बिस्तारै बुझ्दै छु । २०३९ साल तिर राजा बिरेन्द्र को बारेमा निबन्ध लेखेर राष्ट्र ब्यापी प्रतियोगीतामा स्वर्ण पदक जितेको थिएं । त्यतिबेला को खुशी अहिले पश्चाताप गर्दै छु । मैले जे लेखें त्यो गलत लेखें । मलाई गलत पढाइएको थ्यो, मैले गलत नै लेखें। तर लेख्ने हात् त यिनै थिए। त्यसरि नै त्यहि साल्, रानी एश्वर्यको बारे मा पनि निबन्ध प्रतियोगीता भएको थ्यो, त्यसमा पन दोस्रो भएं नेपाल भरिमा । एकजना मण्डले को छोरो प्रथम भयो ।
त्यो बेला को सफलता नै अहिले पीडा बनेको छ ।
बिशेश्वर प्रसाद कोइराला लाई मर्न अमेरिका मा उपचार गर्न भनी झुक्याउने राजालाई मैले प्रजातन्त्रबादी, जनताको आँशु पुछी बक्सिने, लोकसम्मतिलाई शासन ब्यबस्था
को आधार मान्ने राजा भनेर लेखें । मैले गलत लेखें । मैले झूठ लेखें> अस्तु!