Posted by: lopchanlama February 24, 2007
बिन्ती पत्र
Login in to Rate this Post:     0       ?        
बिन्ती पत्र लोलाएका छन परेलिहरु थाकेका छन पाईलाहरु मधयानको उज्यालोमा पनि अन्धकारमा हराएकोछु खै के भनु हजुर सम्झनाको बगैचामा उनिलाई कुरी बसेको छु फर्की आउ भनि मेरी हजुरलाई बिन्ती पत्र चढाएको छु बिछोडको ढिकीमा चुटीनु चुटिए बेदनाको जातोमा पिसिनु पिसिए खै कसरी सुनाउ हजुर नकोरिएको कथाहरु खै कसरी देखाउ हजुर नदेखिने घाउहरु बस् बिछ्याइरहेछु आँखाहरु गोरेटोहरु सजाई बसेको छु फर्की आउ भनि मेरी हजुरलाई बिन्ती पत्र चढाएको छु
Read Full Discussion Thread for this article