Posted by: Rahuldai February 23, 2007
No law to punish King: legal experts
Login in to Rate this Post:     0       ?        
मित्र गण्, राजनिती को बारेमा धेरै ले न लेख्नु भने पनि , लेख्न कर लाग्यो । न बुझेर पनि हुन सक्छ । केही प्रश्नहरु छन्, झर्को न मानी, न रिसाइ, बिना पूर्बाग्रह जवाफ लेख्नु होला । १- शुभ् चिन्तक१ जी, के राजाबादिको र ज्ञाने को बिरोधमा लेख्दै मा माओबादि हुन्छ? माओबादि कति छन् र तिनको के हाल् हुन्छ, हेर्दै जनुस्। यति बुझ्नुस् कि सकृय र तानाशाह् राजाको बिरोध गर्ने धेरै थोरै मात्र माओबादि हुन्छन्। २-प्रजातन्त्रमा राजाले बोल्नु पाउनु पर्छ त्यो सत्य हो माइला भाइ। तर संसार् ले गलत् भनेको र सर्बमान्य शिद्धान्त् बिपरीत माघ् १९ को लोकतन्त्रमाथि को कालो रातलाई बैधता दिनु कहाँ सम्म सही हो त? बोल्नु पायो भन्दै त्यो पनि आफुलाई राजा थान्नेले जे पाएए त्यही त बोल्न मिल्दैन नि । न बोले के फरक पर्थ्यो? लिट्मस् टेस्ट गर्‍र्या हो कि? यस्तरी बोल्दै जाने हो भने त्यो दुईकौडिको सड्क छाप माओवादी बाँदर र ज्ञानेमा के फरक भो? फटाह नेताले बोले हुने ज्ञाने ले किन बोल्नु नहुने भन्ने एक्लो केटा को भनाइ ले के राजा कै अबमुल्यन भएको छैन र? हत्यारा भनिएका प्रचण्ड्, चतुर् माकुने, र मुसा कमल् थापा को तुलना गर्ने राजा लाई? राजनिती भन्दा माथि उठेर देश् हेर्ने कि चोर् नेताको देखासिखी गर्ने राष्ट्र प्रमुख ले? गिरिजा माकुने बाबुराम् सरह् आफुलाई उभ्याउने हो भने रा प्र पा, जनशक्ति पार्टिको अध्यक्ष भए भैहाल्यो, रातो कार्पेट् बिछ्याइ स्वागत् गर्ने छन्। ३-बाथरूम कफी जी, नयाँ अन्तरिम संबिधान मान्ने हो भने सोही अनुसार व्यबहार गर्नु पर्‍यो नि? त्यो संबिधानले त राष्ट्र प्रमुख् प्रधान् मन्त्रीलाइ तोकिएको छ। राजा को हैसियत् ले संदेश् दिन मिल्छ त, त्यो पनि नरयणहिटि मा बसेर करोडौ को भत्त खाएर। कि ज्ञानेन्द्र शाह् को वक्तब्य भन्नु पर्यो। ज्ञाने र तिनका पूर्खाले मलजल् दिइ हुर्काएको सुर्ज बहादुर् को पार्टि ले त संदेश् असंबैधानिक भनि सके पछि पनि साझा राजनतिक् पंदितहरुको टाउको यति साह्रो दुखेको हो? अन्तमा, हरि इन् फेडेक्स् को प्राय कस्तो प्रस्तुति संग पनि मेरो पूर्ण् समर्थन् छैन र उनको प्रति रक्षा गर्न लेखेको पनि होइन। केवल् बिरोध् को नाम् मा मात्र बिरोध् नगरम् भन्ने आग्रह् हो, मेरो। राजा को बिरोध गर्यो माओबादि हुने, मधिशे आन्दोलन् को समर्थन् न गरेमा माओबादि हुने। कांग्रेस् कम्यिनिष्ट् को समर्थन् नगर्दै मा मण्डले हुने आदि त्यादि तर्क ठिक् हो कि होइन तपाइहरु आफै छुट्याउनुस्। गिरिजा मन पर्दैन, नेता चोर् हुन् भन्दै मा लोकतन्त्र नै अफाप् भन्ने तर्क संग तपाइ न्याय गर्न सक्नु हुन्छ? अस्तु!
Read Full Discussion Thread for this article