Posted by: world_map February 23, 2007
साहित्यकार मोहन कोइरालाको निधन
Login in to Rate this Post:     0       ?        
प्यारो प्यारो मेरो लोभ - मोहन कोईराला छुटेको साथीलाई जसले पहिले मया जोर्यो, हिंडेको पशुलाई जसले पहिले गोठालो लाग्यो, निगाला खिप्दै खिप्दै घूम, देश र डोको बनायो, कठबाँस झीरले खोप्दै उडेका वरलाई बाँसुरीमा थिच्यो- भत्केकालाई लय र ननिस्केका स्वरलाई ओठले फुक्यो, ए प्रशस्त छातीले सुसेल्ने ए ताजा हावाको ताजा डाक्टर त्यो पहिला दिनको पहिला आविष्कारलाई म लोभ गर्दछु, प्यार गर्दछु, सम्झन्छु तिमीले पहिला दिन सिस्नु उसिन्दा मलाई डाकेनौ- म कति रिसाएको छु। जसले आफ्नो कहानी एक विराट् गुफाबाट शुरू गरेथ्यो, तँ कति सोझो नरम पाठो जस्तो जङ्गलमा उफ्रेको, ए प्यारो प्यारो मेरो लोभ, मेरो कलाकार आइज, म तँलाई छातीमा टाँसेर हेर्न चाहन्छु, "मुखमा खरो सूर्ती चुसेर एक पल्ट अब सुसेलेकोl" स्रोत: नेपालीकविता डट कम http://nepalikavita.com/udhghatan-kavita/MohanKoirala.pdf
Read Full Discussion Thread for this article