Posted by: Rahuldai February 22, 2007
कबि मोहन कोइराला प्रति श्रद्धान्जली
Login in to Rate this Post:     0       ?        
कबि मोहन कोइराला प्रति श्रद्धान्जली उस्ले जिन्दगिको कबिता लेख्यो जिन्दगिले उस्लाइ लखेट्यो सत्य जो थियो त्यहि लेख्यो नबुझ्नेले उसलाई पागल देख्यो भात जोड्ने चिन्ता लिएन हात जोड्ने चेष्टा गरेन चिसो चुल्होमा धेरै छाक खाए तै पनि कबिता लेखन छोडेन ज्ञान कुरा लेखे बिज्ञानको अर्थ खोजे माया प्रेमका ताज् महल बनाए पत्थर दिल पनि सजल गराए नेपाली धरतिपुत्रको कलम् अचानक चलेन आज यिनै मोहन(कोइराला) रहेन नेता थिएन कबि अभिनेता पनि थिएन त्यसैले उनको अबसानमा धेरै आँखा रोएनन् जति ले चिने, यो दुख को कुरा सुने दुखेको मन न दुखाउ भन्दा मन्दै मानेन यति भन्दा बढि मेरो मेरो कलम्, मेरो की बोर्ड् चल्दै चलेन। चल्दै चलेन।
Read Full Discussion Thread for this article