Posted by: vowels2006 February 22, 2007
thukka kukur mahara
Login in to Rate this Post:     0       ?        
काठमाडौं, (नेस)। नेकपा (माओवादी) का लडाकूहरू रहने शिविर व्यवस्थापनका लागि सरकारले थप रकम विनियोजन गर्ने भएको छ। शिविरमा खानेबस्ने उचित व्यवस्था नभएका कारण लडाकूहरूले शिविर छोड्न थालेपछि गृहमन्त्री कृष्णप्रसाद सिटौला र माओवादी प्रवक्ता कृष्णबहादुर महराबीच बुधबार वार्ता भएको थियो। वार्तामा सरकारले माओवादी लडाकूका निम्ति आवश्यक पर्ने रकम विनियोजन गर्ने, माओवादीका नेताको सुरक्षाका निम्ति राखिएका सबै हतियारको राष्ट्रसंघलाई अभिलेख उपलब्ध गराउने र सम्भव हुनेसम्मका सबै हतियार शिविरको कन्टेनरमा थन्क्याउने सहमति भएको स्रोतले जानकारी दियो।
Read Full Discussion Thread for this article