Posted by: Hi_nanu February 22, 2007
Login in to Rate this Post:
0
?
मैले राजाको सालिक तोडें
किनकि उस्ले पनि तोड्यो
मैले राजाको दर्शनमा हात जोडेँ
किनकि उस्ले पनि जोड्यो
मैले सडकका रेलिङहरु तोडे
किनकि उस्ले पनि तोड्यो
म मात्रै किन पछाडि
सारा सँसार दौडिरहेको बेला
म मात्रै किन किनारमा बसुँ
सारा सँसार डुबिरहेको बेला
जे हुन्छ हुदैँ गर्छ जसो पर्छ तेसै टर्छ
तर म पछि हट्ने छैन
घन बोकेर सालिक तोड्न म छोड्ने छैन
जसो होस,जे गरि होस
मलाइ गणतन्त्र चाहिन्छ
तेसो गर्यो भने मात्रै
त्यो दरवार भित्र पनि घन चलाउन पाइन्छ
नरिसाउनुस है!!!