Posted by: Rahuldai February 21, 2007
पानी परेको रात
Login in to Rate this Post:     0       ?        
ह्यरी र थोपा जी, टिप्पणीको लागि धन्यवाद । हुन त प्यार शब्द गैर नेपाली मानिंदैन । त्यसरि नै दर्द पनि । संस्कृत मूल श्रोत भएकोले ती शब्दहरु ग्राह्य छन । र पनि तपाईंको सुझाव लाई अगामी रचनाहरुमा मनन गर्ने नै छु । यसरी नै आलोचना गरे पो हाम्रो लेखन शैलीमा सुधार हुन्छ, र गर्नु पर्दछ । जे देख्यो त्यो लेख्नु पर्छ । सबै जना सर्बज्ञ हुंदैन । थोपा जी, राजनीती मा कलम चलाऊने राहुलभाइ र कबिता लेख्ने राहुलभाइ छुट्ट छुट्टै हुन । राज नीतिमा सही कुरा लेख्दा नि बिपक्षले गलत बुझिदिन्छ, त्यसरि नै मन नपरेको मान्छे को गुलाफ पनि काँडा जस्तै लाग्छ ।
Read Full Discussion Thread for this article