Posted by: Nepe February 20, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
मेरो पनि पहिलो फिलिमको रामकहानी सुनाउन मन लाओ । सानै फुच्चे हुँदा हेरेको मेरो पहिलो फिलिम थियो "सावन भादो", र हेरेको चाही काठमाण्डु शहरमै रञ्जना हलमा हो क्या रे । हिन्दी बुझ्ने कुरो त परै जाओस्, त्यो हिरोले त्यत्रो लाठे भएर पनि केटीलाई घरी चुल्ठो समातेर घरी लडिबुडी गरेर किन सताएको किन हो बुझ्या भे मार्दिनु । अनि नि मैले त्यो फिलिम भनेको कुनै तरिकाले ठूलो ऐनामा देखाएको live नाटक नै हो भनिठानेको थिएँ । हुन त मेरा मामाश्रीले ती साच्चीको मान्छे होइनन्, फोटो मात्रै हो भनेर भन्या हुन्, तर हिड्ने चल्ने फोटो मेरो बालमगजमा अट्ने कुरो थिएन । एनिवे, ल मेरो बालआँखाले हेर्दा सारै मापाको लाठे मान्छे, नविन निश्चल, ले एउटी राम्री केटीलाई सताएको खेल हेरौं - "कान मे झुम्का, चाल मे ठुमका, कमर पे चोटी लटके हो गया दिल का पुर्जा पुर्जा, लगे पचासी झटके"
Read Full Discussion Thread for this article