Posted by: Rahuldai February 19, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
मैले न बुझेको धेरै कुरामा थोरै मात्र जवाफ पाएं । स्वतन्त्रता को अर्थ नै सबै ले आफुले मनले खाएको बिचार बोक्नु पाउनु पर्छ । त्यो बामपन्थी बिचार पनि हुन सक्छ, हामपन्थी । (once awhile) मित्र को भाषामा खुलेर भन्नु पर्दा म प्रजातान्तृक् बिचार् बोकेको मान्छे हुं, पेशागत् होइन। अर्थात् म कांग्रेस नजीक् को बिचार् सित् सहमत् छु। स्वस्थ आलोचना सहने शहनशीलता हुनु पर्दछ। राजनैतिक् निकायमा ५ बर्ष काम् गरेको छु त्यसैले सिद्धान्त भन्दा नि ब्यबहार् को कुरा जान्दछु। बाम्पन्थि हुदैमा गैर् बाम्पन्थि हरु को नामो निशान मेटाउनु पर्छ भन्ने जोशिलो मुठ्ठि हुंदो रहेछ, नव कम्युनिष्ट् हरु मा। कुनै बेला मेरै बिरुद्ध अख्तियार् मा उजुर् हाले, एक् जना बाम् मित्र ले। मैले चुप् चाप् सहें । खाएको बिष पो लाग्छ, न खाएको के लाग्थ्यो । त्यही नेता महोदयले बाटो नै न भएको ठाम मा बाटो मा ढुंगा बिछ्याउनु भए छ र त्यो जांच गर्ने अधिकारि भएको ले छड्के जांच गर्दा पर्नु भयो र मैले उहां कओ अगाडी त्यो बिल अनि काटिसकेको चेक समेत च्यातिदिएं र अब उप्रान्त यसो नगर्न सल्लाह दिएं । मेरो भन्नु को तात्पर्य, क्रान्तिका कुरा चर्को स्वर ले अलाप्दैमा क्रान्तिकारी ठहरिंदैन । मान्छेबाट भूल हुन सक्छ, तर क्रान्तिकारी हुं भन्दैमा अरु लाइ निचा देखाउन दुई तीन् छलाङ लगाउन हुँदैन । बाम बिचार संग बिल्कुल असहमत भए नि, बामपन्थीलाई सत्तो सराप्ने हरुमा म पर्दिन । तर मलाई सत्तो सराप्ने को कमि चाँही हुँदैन त्यो मलाई थाहा छ । धेरै बिचार हरु पढें, मार्क्स् बाद लेनिन बाद का । बडा राम्र र आदर्शका कुरा हरु छन्, मनै छुने । व्यबहार मा सुन्या छन ।
Read Full Discussion Thread for this article