Posted by: once in a while February 19, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
त्यतिखेरको स्थिति र अहिलेको स्थिति धेरै फरक छ। फेरि राजाले कु गरे भने जस्ता कपोलकल्पित कुरा नगरुं। अहिलेको अन्तरिम संसद् बन्नु भन्दाको अघिल्लो संसद् पनि राजा बाट नै पुनर्स्थापित त हो नि। अहिलेका प्रम पनि तिनै राजा बाट नियुक्त भएका हुन। अनि तिनै राजाबाटै पद तथा गोपनियताका सपथ खाएका छन् नि। रास्ट्रप्रमुख राजा रहेको अवस्थामा यि सबै औपचारिकता यस्तै नै हुन्छ। त्यसकारण यहि कारणले एमालेलाई गाली गर्नुको कुनै अर्थ छैन। हिजो जे भयो भयो, अहिले सारा बामहरु, नागरिक समाजहरु गणतन्त्रको पक्षमा भएको बेला एक्लो कांग्रेस किन राजाको पक्षमा? किन आफ्नो कार्यकर्तालाई कांग्रेसको लाईन दिन सकिरहेको छैन?
Read Full Discussion Thread for this article