Posted by: h1b February 19, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
जहांसम्म एमालेले प्रतिगमन आधा सच्चियो भनेर शेर बहादुरसंग सरकारमा गएको कुरो छ, राजाले शेर बहादुरको बैधानिक सरकारलाई अपदस्थ गरेर प्रजातन्त्रको घांटी निमोठेकाले शेर बहदुरको पुनर्नियुक्ति पछि सैद्धान्तिकरुपमा प्रतिगमन सच्चिएको मान पर्ने हो। प्रतिगमन चाहि उल्टाउन पर्ने तर शेर बहादुरको पुनर्नियुक्ति चाहि हुन नहुने गिरिजाको अडान् रह्यो, सातदलहरुको तर्फबाट नेता दाबी गर्ने माधवलाइ प्रम दिएनन। गिरिजाको पदलोलुपताको त यहाँ कुरै नगरु।त्यो सबैले बुझेकै कुरा हो।तर तपाइको तर्कलाइ मान्ने हो भने त अब फेरि राजाले कू गरेर अनि फेरि केहि समय पछि ल ल अब प्रधानमन्त्री छानेर ल्यावो भन्यो भने फेरि अब प्रतिगमन् सच्चियो भनेर बुझ्नु पर्‍यो।देश ज्ञानेको सम्पति हो?
Read Full Discussion Thread for this article