Posted by: once in a while February 19, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
औपचारिकरुपमा कुनै पनि पार्टिको मान्छे नहुन सकिन्छ। पार्टिको हुनै पर्छ भन्ने छैन। तर प्रजातन्त्र वा लोकतन्त्रमा बिश्वास गर्ने मान्छे कुनै न कुनै रुपमा कुनै पार्टी संग नजिक हुन्छ हुन्छ। तपाईलाई कम्यूनिष्टबिरोधी कुराहरु यति धेरै थाहा छ भने तपाई एकदम् तटस्थ हुनै सक्दैन। जहांसम्म एमालेले प्रतिगमन आधा सच्चियो भनेर शेर बहादुरसंग सरकारमा गएको कुरो छ, राजाले शेर बहादुरको बैधानिक सरकारलाई अपदस्थ गरेर प्रजातन्त्रको घांटी निमोठेकाले शेर बहदुरको पुनर्नियुक्ति पछि सैद्धान्तिकरुपमा प्रतिगमन सच्चिएको मान पर्ने हो। प्रतिगमन चाहि उल्टाउन पर्ने तर शेर बहादुरको पुनर्नियुक्ति चाहि हुन नहुने गिरिजाको अडान् रह्यो, सातदलहरुको तर्फबाट नेता दाबी गर्ने माधवलाइ प्रम दिएनन। शेर बहदुरलाई प्रम स्वीकार नगरेर गिरिजा आफै प्रम हुन तयार भैसकेका थिए। राजाका चर्का बिरोधी गगन र नरहरीलाइ उल्तै दरबारबाट संचालित जस्ता आरोप लगाएर उनीहरुलाई आन्दोलनबाट पछि हटाउन खोजियो।र प्रम खाने तयारीमा गिरिजा आन्दोलनमा सुस्त भैसकेका थिए।त्यो एमालेले बुझि हाल्यो। सत्ताको राजनितिमा दाउपेच चलि हाल्छ। गिरिजा बाबु आफु प्रम हुन चांहि तयार, त्यसो हुंदा प्रतिगमन सच्चिएको हुने तर अरु प्रम हुंदा प्रतिगमन सच्चिएको नहुने। त्यसो भएर आन्दोलन जारी राख्नु बाहेक अर्को विकल्प रहेन।
Read Full Discussion Thread for this article