Posted by: chanaa_tarkaari February 19, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
सबैभन्दा सजिलो भनेको आर्काको खोट केलाउने काम । त्यसमाथि यो पनि खराव, त्यो पनि खराब, त्यसले त्यस्तो गर्याथ्यो, यसले यस्तो गर्याथ्यो भनेर कुर्लने बिद्यामा नेपालीलाइ शायद संसारका कसैले पनि जित्न सक्दैनन होला । कम्युनिष्टका नराम्रा कुरो मात्रै कोट्याउछु भनेरै बस्ने भए नि नेपालका कम्युनिष्टहरु अन्त अन्तका कम्युनिष्ट भन्दा इमान्दार, स्पष्ट, उदार, ब्यबहारीक, लचिलो र मानवीय नै छन जस्तो लाग्छ (झापा बिद्रोह र माओबादीका युद्धकालीन बर्बरतालाइ अपवाद मान्ने हो भने)। देशलाइ बिगार्ने मामिलामा त अझै नेपालका खत्तम कम्युनिष्ट भन्दा काँग्रेस, राप्रपा, स्वतन्त्र, पुराना पञ्चलगायतका गैर कम्युनिष्टहरु कैयौ गुणा नै बढी दोषि छन । रायमाझी, मैनाली, ओझा जस्ता अवसरबादीहरु जसले आफुलाइ कम्युनिष्ट नरहेको भनेर घोषणा गरेरै हिडेपछि गरेरका तमाम कर्तूतलाइ पनि कम्युनिष्टकै खेदो खन्न तर्क गर्ने हो भने त्यो भन्दा बेइमानी तर्क के होला र? गलत कुरालाइ पनि सयचोटी दोहोर्याएर साचो बनाउन सकिन्छ, झूठलाइ लुकाउन त्यो भन्दा चर्को झूठको प्रचार गर्नु पर्छ, आलोचनाबाट बच्न आफै पहिला आक्रामक आलोचना गर्न अघि सर्नु पर्छ भन्ने हिटलरी शैलि पछ्याउदै नेपालका गैर कम्युनिष्टका तमाम गलति, कमजोरी र गलत क्रियाकलापको ढाकछोप गर्ने षडयन्त्रको अनुक्रम बनेर कम्युनिष्टलाइ गालीमात्रै गर्ने ध्येयले यो धागो आएको पो हो कि ? यदि त्यसो नहुँदो हो त, यो धागोमा कम्युनिष्टका गुण र दोषको समानुपातिक प्रतिनिधित्व हुनु पर्ने हो, तर त्यसो भएको छैन । नेपालको सन्दर्भमा यो नै सबभन्दा उत्तम हो भन्ने अवस्था नभएको र खाली गाली मात्रै गरेर पनि नहुने भएको ले खरावहरुबीच धेरै खराव र थोरै खराब भनेर हेर्नु पर्ने अवस्था छ । कम्युनिष्टहरु गैर कम्युनिष्ट भन्दा थोरै खराव भएको कुरा अहिले सम्मलाइ साँचो हो , तर भोलि के होला कसलाइ के थाहा ?
Read Full Discussion Thread for this article