Posted by: Rahuldai February 19, 2007
RAJA AAU, DESH BACHOU
Login in to Rate this Post:     0       ?        
प्रजातन्त्र ले बिकृति जन्माएको हो, यसमा कुनै शंका छैन । तर यस्को अर्थ यो होइन कि प्रजातन्त्र नालयक छ। लोकतन्त्र भएर नै खुमे ले कति खाए, गोबिन्दे ले कति हसुरे, कस्ले कुन काण्ड् गरे भन्ने थाह पायौं। आज राजतन्त्र को वकालत् गर्ने हरु हो, के पन्चायत काल् को काल् रात्री भोगेका छौ र आज फेरि राजा आउ देश् बचाउ भन्ने नारा लगाउछौ? ज्ञानेका पुस्ता र पुर्खाले देश को लागि के दिए, सोच्ने बेला भएको छ, सन्देश को पुछार् मा पशुपति नाथ् ले कल्याण् गरुन् भन्ने शब्दाबली बाहेक् केहि कल्याण गरेको थाह छ? राष्टृय एकता को प्रतिक् रे। के राजा नभेको देश मा कहिलेइ एकता भएन र? रास्त्र बाद् patriotism को भावना भएको देश हरुमा इजरायल् नम्बर १ मा र भारत दोस्रो छ, के तिनिहरुको देश मा राजा जिउदो छ ? ऋचा खान र बगिचा खान का सन्तान हरु ले देश उंभो लगाउने के काम गरे । भजन मात्र गाएर हुँदैन । यथार्थ धरातल मा उभिएर हेर्नु पर्दछ । बी पी ले भनेका थिए, देश रहे त राजा रहन्छ, जनता त जस्तो अबस्थाम पनि जहिले नै अफ्नो परिवार् भित्र शक्ति संघर्ष गर्दै एश र आराम् मा जिन्दगि बिताए। भक्तपुर् को भूपतिन्द्र मल्ल को शालिक कस्ले क्रेन लागएर उखेल्न खोजे? मछिन्द्र नाथ को सक्कल्लि भोटो कस्ले बेलायत लगे? बुझ्ने को लागि इशारा काफि छ। नमिता सुमिता काण्ड् का नाइके को थिए। राम् लक्ष्मण, सरोक् कोइराला लाइ कसरि मारे? यी कुरा हरु ले राजा ले भलो गर्छ भन्नु हुन्छ? त्यसो भए संसार् भरि का २०० जति राष्ट्र हरुमा, जता ततै राजा नै राजा हुनु पर्थ्यो? किन अब राजा भनेका तास का चार् वटा बाद्शाह् र २-४ मुलुक् मा मात्र सीमित् भएका छन्? बेलायत र जापन, नेडर्ल्यान्ड्स्, बेल्जियम्, लुक्जेम्बर् अरु अरु केहि मुलुकमा जस्तो प्रतिक मात्र भएर बसेको भए राजतन्त्र दिगो हुन्थ्यो। राजा पनि प्रधान् मन्त्री पनि आफै हुन खोजे के हुन्छ, भोलि को नेपाल् ले देखाउने छ। इरान को शाह हाम्रै आँख अगाडि भाग्नु पर्यो, ज्ञानेको त्यो दिन् पनि यहि आंखाले हेर्न पाउने जस्तो छ।
Read Full Discussion Thread for this article