Posted by: pire February 18, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
राहुलभाई र आशुब्रोको कुरो यता र उता घुमीरा बेला म पनि केहि प्याच्च बोलि हालुँ जस्तो लाग्यो, खसखस लाग्छ के गर्नु। हुनत सानो मुखले ठुलो बात नगर्नु भन्छन, ठुला मान्छे कुरो गर्‍या बेला चुपचाप सुनेनि हुनिहो। तर तित्राको मुखै बैरी भनेझै प्याच्च बोल्न पर्नी क्या मलाई जहाँतहिं। राहुलभाईको एउटाकुरो सँग सहमत छु, यो जनजाति, मधेसी हरु ठ्याक्क संबिधान सभा भन्दा अघि किन उफ्रेको? योगि नरहरीनाथले पन्ध्र सालमा पनि यस्तै के के गरेर बिपिको सरकार ढाल्न कोसिस गरेका थिए, र यो पनि त्यहि कुरोको निरन्तरता हो जस्तो लाग्छ। शान्ति प्रकियामा देश गा'को छ। अस्ति सम्म देश कहाँ थियो, माओबादि एकतिर लड्दै, राजा अर्को तिर हाइजाज चढेर अफ्रीका घुम्दै,मण्डलेहरु जुगाजस्तो स्याउँस्याँउ बिगबिगि गर्दै देशको धन चुसेर नक्कलि चुनाव गराएर हिडेका थिए। आज नब्बे प्रतिशत भन्दा बढि देश चुनाबमय भैसक्यो, यो प्रजातन्त्रलाई सस्थागत गर्नु एकदम जरुरत छ। मधेसीहरुको समस्या छ,तर प्लिज एकपटक चुनाब हुन दिऔं, अनि अन्तरिम संसदमा के हुन्छ हेरौ, आफ्नो सांसदलाई मधेसी रज्यको लागी पुश गरौं। सयौं अप्सन छन नि बाबा। अनि यो मान्छे बहुलाए कम्निस्त भन्छ भनेर सिक्किमको पहिलेको मुख्यमन्त्री नरबहादुर भण्डारीले भनेको याद आउछ मलाई। हेर्नुस त त्यो जनजाति, मधेसी भनेर राजनीति गर्ने जति जम्मै चुनाब हारेक, रिजेक्टेड, भ्रस्ट, असहिष्णु अनुहार छन। पद्मरत्न, मल्लके सुन्दर, निधी, उपेन्द्र यादब, गोइत, ज्वालाआदि। यिनीहरुलाई के थाहा छ भने चुनाबमा जनताले यस्ता रेडिकललाई त रिजेक्ट गरिहाल्छन। त चुनाब कसरी हुन नदिने, कसरी पानी धमिलो बनाएर माछा मार्ने भन्ने यिनको दाउ छ।अनि के गर्ने त भन्दा यस्तै सरकार कमजोर भा'को बेला पारेर सबभन्दा खतरा नारा दिने, चक्काजाम गर्ने आदि। अरु जाति पछाडि परेका छन, तर त्यसको समाधान जे भए पनि जुन बाटो गए पनि तिनका बच्चाले राम्रो सँग पढ्नु नै हो।यो नेताहरुलाई यो पनि थाहा छ, यिनिहरुले आफ्नो छोर्छोरीलाई त राम्रो स्कुलमा पढाकै छन, तर गरीबका छोर्छोरी पढ्ने स्कुल बन्द गर्देर, तिनलाई पछि लाएर हिडेर आफ्नो निहित स्वार्थ पुरा गर्न खोज्या छन।अरु उपाय हुदाहुदै, प्रोसेस छ भन्ने जान्दा जान्दै, 'प्रोसेसै छैन, लड्नै पर्छ, बोक खुकुरि भाला, काट, मार, यो यो थर भाका हरु हाम्रा दुश्मन हुन' भन्दै रोडमा जानु अपराध नै हो।
Read Full Discussion Thread for this article