Posted by: Rahuldai February 17, 2007
A New Royalist!
Login in to Rate this Post:     0       ?        
तेस्रो कुरा, तराईको आन्दोलन मा राजाबादी को घुसपैठ छ भन्दा शंका लागेकोथ्यो । अनि त्यो उपेन्द्र यादब भन्ने मसिहाले राजाका दागु (दाँया गु$ल्$)भरत केसारी सिंह समेत को उपस्थितिमा गोरखपुर मा भएको हिन्दू अतिबादी सम्मेलन मा राजा बाचाउन भारतीय मित्रहरु लाइ इ गुहारेको फोटो र समाचार हेरे पछि , त्यो आगो को झिल्को भारत बाट आयातित हो भन्न कर लाग्यो र आज यसै धागो मा एक जना मित्र ले लेख्नु भयो- if Madhesis are given rights, and Monarchy is restored with full power, king being the sole powerful person, we Madhesis are ready to give up the revolution to divide state, and Most Importantly, we will need HINDUISM, the HINDU State. अब भन्नुस्, तराइको आगो कसले सल्कायो? पहाडि र मधिशे बिच् फाटो कस्ले ल्यायो। जातियता को नाम् मा छुट्टै देश् माग्ने हिम्मत् कस्ले गयो।? अराजाकता फैलाएर पुन्: सैनिक लगाएर सत्ता कब्जा गर्न र तेस्रो पल्ट पञ्चायत लाद्ने षड्यन्त्र को गन्ध आउंदैन र? यस्को बाउ र बाजे मिलेर नि त्य्सै गरेका थिए । त्रिभुवन ले प्रजातन्त्र सहित घोषणा गरेको संबिधान सभाको चुनाव कहिलेइ भएन ।खुकुरी दल अनि के के आतंक थियो रे, अहिल जस्तै । ज्ञाने केवल ह्विस्की र पोकरमा मात्र रमेर गमेर बसेका होला भनेर सोच्ने गल्ती कसैले गर्नु हुन्न । जहिले पनि लोकसम्मतिमा चल्ने शाहबंशिय परम्परा भन्ने ज्ञाने ले जनताले संबिधान सभा मार्फत दिने निर्णय मान्नु पर्‍यो नि । तर अन्त्य उस्लाइ थाहा छ र अहिले को घट्ना क्रम "मरता कुछ नहीं करता " भने जस्तै हठात चालहरु मात्र हुन । अस्तु!
Read Full Discussion Thread for this article