Posted by: Rahuldai February 17, 2007
A New Royalist!
Login in to Rate this Post:     0       ?        
अनि राजा को गाडीमाथि हानिएको ढुंगा पनि सही कुरा होइन । असभ्य कृया कलाप् हो। राजा मात्र होइन क्सैलाई नि सभ्य समाज् मा त्यसो गर्नु मनासिब ठहरिन्न। केही विद्वान मित्रहरुले माओवादीले हानेको ठोकुवा गर्नु भएको छ । संभावना छ । तर अर्को पातो हामीले हेर्ने कि न हेर्ने? राजा लाई सुइंक्याउनु नै छ भने किन ईटा मात्र हान्छन्, ग्रेनेड फालाफल छन्, त्यही हान्थ्यो नि । अर्को कुरा ईतिहास कति छिटो बिर्सन्छौ हामी । हुन त २०४२ साल को बम काण्ड ताका साझा का मित्रहरु मध्य केही त जन्मिनु भाको थिएन होला वा केही सानै थिए होला । नेपाली कांग्रेस ले सुरु गरेको सत्यग्रह को असर अन्तरष्टृय रुपमा समेत देखिना थाले पछि २०४२ साल अषाढ मा ( गते चाँही, बिर्सें)होटेल अन्नपूर्ण, सिंह दरबार, राज दरबार मा बम बिस्फोटन गराएका थिए । सत्याग्रह घोषणा मै देश मा हत्या हिंसा भयो भने स्थगीत हुने छ भनेर उल्लेख गरिएको थ्यो । बम बिस्फोटन मा पारी ४-५ जना निर्दोष मारिए तर राजा बिरेन्द्र को शासन जोगियो । हेर्दा क्रान्तिकारी ले ग्राए जस्तो अनि ब्यापक धरपकड पनि गरिए । अस्कल को होस्टेल्मा छापा पनि मारिए। केहि मित्र हरु पक्राउम पनि परे। तर अन्त मा त्यो सत्याग्रह बन्द गराउने कुटिल् चाल् ठहरियो। कहिं यो ईंटा ढुङा कण्ड् पनि ४२ साल को बम् काण्ड् को सुक्ष्म रुप् त होइन? सोचनिय छ।
Read Full Discussion Thread for this article