Posted by: sano_kanchha February 17, 2007
Login in to Rate this Post:
0
?
मैले माथि टाँसेको गित को सब्द।
------रचनाकार को हुनुहुन्छ मलाइ थाहा भएन है । मैले यो गित रेडियो सगरमाथा को मिर्मिरे भाका बाट साभार गरेको हु। गायक स्वरुपराज आचार्य को आवाज कर्णप्रीय छ। ------
कति दिन बिते यहि याद मा
कति दिन अरु छ बिताउनु
कि त आउनु तिमी नै स्वयं
कि त याद यो नपठाउनु
कहि तन दुखे कहि मन दुखे
तिमी आशुँ पुछेर हसाँउथेउ
अब को छ र दुख: देखाउनु
कस्लाइ भनि मुस्काउनु
कि त आउनु तिमी नै स्वयं
कि त याद यो नपठाउनु
तिमी गाँउथेउ र म सुन्दथे
तिमी सुन्दथेउ र म गाँउदथे
सबै सोध्छन किन मौन छस
अब अर्थ के छ र गाउनु
कि त आउनु तिमी नै स्वयं
कि त याद यो नपठाउनु
कति दिन बिते यहि याद मा
कति दिन अरु छ बिताउनु