Posted by: Hi_nanu February 16, 2007
Login in to Rate this Post:
0
?
सबै जनाले धेरै तार्किक गफ गर्नु भो।दिल खुस भयो।बिचार र सोच फरक भए पनि सबै मित्रहरुलाइ कुनै न कुनै रूपमा देश प्रति चिन्ता व्यक्त गर्नु भो।आशुजिले लोकतन्त्रको वकालत गर्नु भो,मिस्फिटजिले रास्टृय बिखणडन चाहने प्रति आफ्नो रिस पोख्न्नु भो अनि राहुलदाइले रास्टृय बिखन्डन नेपालि लाइ मान्य नभएको तर्क सार्नु भो।मैले बुझ्न गल्ति गर्या भए सुधार् गरिदिनुस है।यो चिन्ता सबै नेपालिको चिन्ता हो र यो हुनु पनि पर्छ। अनि इ सबैको समाधान पनि एउटै छ,त्यो हो बिदेशिएका हामि हरुले प्रदिप नेपालले भन्ने गरेको बिदेशको चिहान(उस्को सब्द मत्रै सापटि लिएको है,बिचर् होइन नि) किन्न छोडेर,स्वदेशको बाटो तताउनो पर्छ।
एउटा पुर्खाले त्याग नगरेसम्म,देशमा कुनै न कुनै रुपम बिखन्डनको चिन्ता भै रहन्छ। त्यसैले समस्या पर्मिन्दर्,उपेन्द्र वा अरु कोहि इन्द्र होइन,समस्या हामि भित्र लुकेको आफ्नो व्यक्तिगत स्वार्थ हो।समस्याको समाधान हामि भित्र छ तर त्यस्लाइ हामि चिया गफमा सिमित गर्छौं अनि कहाँ बाट अर्कोले आएर हाम्रो देश बनाउछ त? नेपालमा जन्मिएर,हुर्किएका हरुलाइ नेपालको चिन्ता छैन भने कहाँको पर्मिन्दर आएर नेपालको चिन्ता गर्छ त? पर्मिन्दर पनि आफ्नो स्वार्थमा चलेको होला?
अन्तमा यो पर्मिन्दर भन्ने जन्तुलाइ हामिले बेफ्वाकमा धेरै महत्व दिराखेका छौ।