Posted by: Mitra 2 February 16, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
मलाई नि नेपाल डेमोक्रेसि फोरमको कुरा चै ईन्ट्रेस्टिङ नै लाग्यो है, त्यो ब्लग पढेसि। त्यो फोरमका बुज्रुगहरुले त परमेन्द्रलाई बोल्न दिनु पर्छ, डेमोक्रेसि भनेकै त्यै हो भनेका रैछन। त्यति हुंदा पनि उनलाई निकालिएछ। त्यतिमात्र हैन, बिना छलफल नै निकालिएको रैछ। बांकी सदस्यलाई परमेन्द्र निकालिएको त पत्तै रैनछ। नाम चै डेमोक्रेसि फोरम रे काम चै उल्टो भएछ। धन्न कसो रीस नउठोस त! यो मधेसि र पहाडेको कुरा उठेसि मैले चै मेरो सबभन्दा मिल्ने स्कुलको मधेसि मुलका साथीसंग कुरा गर्न नि आंट आको छैन। अस्ति सम्म देस खत्तम भो कसरी सुधार्ने होला भनेर बसिबियालो गर्थिम। त्यो बेलासम्म विषय नेपालको थियो। अब त्यो कुरो आएर मधेस र पहाडमा आएर थन्क्यो, अनि परेन अप्ठेरो? फेरि ति दुबै थरि हल्लाखोर यस्तो सम्झिन्छन कि उनीहरुले आ-आफ्नो मुलको प्रतिनिधित्व गर्छन। जो सोह्रै आना गलत हो। सायद यो नै प्रजातन्त्र मौलाउने प्रकृया होला। तर यो ब्यक्ति, जात, धर्म, सम्प्रदाय विरोधि प्रकृया कहिले सकिएर सबैको शक्ति मूल समस्यामा लगाउने होला? आफुलाई चै आफ्नै आंखाले देशको उन्नति देख्‍न मन लागेर हैराछ।
Read Full Discussion Thread for this article