Posted by: simon11 February 15, 2007
Divide Nepal
Login in to Rate this Post:     0       ?        
'यो बीबीसी लण्डनको र्'नर्थ एसिया' सेवा हो, कवीन्द्र मिश्रबाट समाचार सुन्नुहोस् । 'लिम्बूवान' गणतन्त्रमा कुवेरहाङ् थाम्सुहाङ् नया“ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । छिमेकी राज्य 'कोचिला' ले उपभोग्य सामग्री पठाउन प्रतिबन्ध लगाएपछि यस पहाडी राज्यमा सरकारविरुद्ध पर््रदर्शन शुरू भएको थियो । लिम्बूवान र खम्बुवान राज्यबीच एउटा संयुक्त अन्तर्रर्ााट्रय एयरपोर्ट बनाउने सहमति अझै कार्यान्वयन हुनसकेको छैन । बीबीसी स“ग कुरा गर्दै युनियनका अध्यक्ष डायमण्ड किरा“तले भने, "पहाडमा हवाईजहाज उड्न थाल्यो भने भरयिाहरू भोकै हुन्छन् । त्यसैले हामी यो योजनाको विरोधमा उत्रिएका हौ“ ।" 'तामाङ गणतन्त्र' र 'शर्ेपाल्याण्ड' बीच पुनः युद्ध चर्किएको छ । ऐतिहासिक तेङ्बोचे गुम्बामाथि आफ्नो राज्यको अधिकार दाबी गर्दै आएका ती दर्ुइ देशबीच बीसौ“ वर्षेखि शीतयुद्ध चल्दै आएको थियो । दर्ुइ देशबीचको युद्ध वार्ताबाट नटुङ्गिएमा अर्को छिमेकी मुलुक 'नेवाः प्रदेश' ले सैनिक हस्तक्षेप गर्ने सङ्केत दिएको छ । उता 'थारुवान' राज्यमा रहेको सांस्कृतिक नगरी लुम्बिनी प्रवेशका लागि त्यहा“को परराष्ट्र मन्त्रालयले अनिश्चितकालीन भिसा बन्द गरेको जनाएको छ । त्यहा“को 'अष्टाङ्गिक भिक्षु मोर्चा' ले सशस्त्र आन्दोलन शुरू गरेपछि सरकारले उपरोक्त कदम चालेको हो । थारूवानका सुरक्षा प्रमुख दुःखीराम थारूले भने भिक्षुहरूले तुरुन्तै हतियारसहित आत्मर्समर्पण नगरे सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए । यसैबीच, बुद्ध जयन्ती मनाउन 'तामाङ राज्य' बाट लुम्बिनी हि“डेका यात्रुहरू धादिङको 'चेपाङ स्वायत्त प्रदेश' मा अलपत्र परेका छन् । 'कर्ण्ााली प्रदेश' बाटका तर्ीथाटनका लागि काशी हि“डेका छ सय खसहरू मधेश राज्यले प्रवेश अनुमति नदिएका कारण तीन सातादेखि 'मगरा“त' राज्यको सिमाना देउघाटमा अलपत्र परेका छन् । उता, यस घटनाको विरोधमा कर्ण्ााली पुरोहित मोर्चाले तीनदिने कर्ण्ााली बन्दको घोषणा गरेको छ । व्ािश्व मानचित्रका यी नया“ मुलुकहरूमा देखिएको किचलो अन्त्य गर्न दक्षिणको विशाल मुलुक 'लालुल्याण्ड' ले शान्ति सेना पठाउने निर्ण्र्ाागरेको छ । वर्षौंदेखि उत्तरतिर शान्ति सेना पठाउने आफ्नो मनसुवा बल्ल पूरा भएको छ । यता 'लालुल्याण्ड' सरकारको यो निर्ण्र्ााा विरुद्ध र एकीकृत राज्य पुनःस्थापनार्थ सबै राज्यका जनताको 'संयुक्त नागरकि अभियान' ले हिजैदेखि व्रि्रोह शुरू गरेको छ । अब चौतारी...।' झल्या“स्स ब्यू“झन्छु...बेलुका रेडियो अफ गर्नै पो बिर्सिएछु † तर, सपनाले पनि मलाई किन बारम्बार झस्काइरहन्छ ह“ † Source....Kantipuronline.com
Read Full Discussion Thread for this article